एजेन्सी -विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।
अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स, नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारीअनुसार भारतमा गत हप्तामात्रै विभिन्न मितिमा ज्यान गुमाउने नेपालीको संख्या २५ पुगेको छ।
भारतमा तिव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीहरूको मृत्युको दर पनि बढिरहेको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले बताए ।
यसैसाता काेराेनाका कारण साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । साउदी अरबमा थप दुईजनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै काेराेनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या एकसय ८९ पुगेकाे छ ।पारिवारिक जमघटमा सहभागी ३५ नेपाली संक्रमित
यूरोपेली मुलुक लग्जेम्वर्गमा ३५ नेपाली एकैपटक संक्रमित भएका छन् । स्वास्थ्य समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागी भएका उनीहरूमा संक्रमण पुष्टि भएको हाे।
संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
समितिका संयोजक डा.सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमालगायत मध्यपूर्वका केही देशमा पनि नेपालीहरुमा अझै संक्रमण रोकिएको छैन ।