डडेल्घुरा - डडेल्धुरामा हाईस दुर्घटना भएको छ । भीमदत्त राजमार्ग अन्र्तगत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक हाइस दु्र्घटना भएको हो ।
दुर्घटनामा परी १७ जना घाइते भएका छन् । घाईते मध्ये २ जनालाई उपचारको लागी धनगढी ल्याइएको छ भने १५ जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । कैलाली गोदावरी नगरपालिका–६ बस्ने वर्ष २५ का शिवराज फुलारा र बझाङ्ग तलकोट गाउँपालिका–२ बस्ने बस्ने ३० बर्षीय हिमाल माझीलाई धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
अन्य घाईतेहरुमा बझाङ्ग तलकोट गाउँपालिका– २ का २३ वर्षीया शुसिला धामी सोही ठाउँका ६० वर्षीया हिमकला रोकाया, २६ वर्षका भक्त रोकाया, १८ वर्षका दिपेन्द्र कुँवर, १८ वर्षका अशोक कुँवर, ३५ वर्षका मिन बहादुर कुँवर ,४६ वर्षका गोरख कुँवर, ४२ वर्षका गंग कुँवर, २४ वर्षका अमृत धमेना, २६ वर्षका विरेन्द्र धामी, १८ वर्षका रोशन कुँवर, २३ वर्षका देव कुँवर, १८ वर्षका जोवन धमेना, ७ वर्षका पवन धामी, ६ को अनुप रोकाया रहेका छन् ।
भारतबाट फर्किएकाहरुलाई धनगढी देखि बझाङ्ग तर्फ लैजादै गरेको सु.प.प्र. ०१–००१–ख २३२३ नं.को हाईस अनियन्त्रीत भएर आज बिहान करिव ३ वजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । हाईस सडक भन्दा अन्दाजी १५ मिटर तल खसेको थियो ।