डडेल्धुरा– डडेल्धुराको भागेश्वर गाउँपालिका ४९ साबिकको बगरकोट गा. बि. स.को दुर्गम मानिने र अमरगढि नगरपालिका संग सिमाना जोडिएको एउटा सुन्दर गाउाँमा २०४७फाल्गुन ११ गतेका दिन जन्मिनु भएका बिष्णु पशु सानै देखि गर्दै आएका थिए ।
नजिकैको विद्यालयमा ५ सम्म पढाइ गरेको र उनले एस। एल।सि डडेल्धुरा सदरमुकाम बाट दिएका थिए । वनजंगल,जनावर संग रमाउने उनको सानै देखिको बानी थीयो। उनी पढाइ लागि तराईमा झरे र उनले महेन्द्रनगर को सिद्वनाथ साईन्स क्याम्पसमा विज्ञान बिषय लिएर अध्ययन गरे ।
बिष्णुले तराईका ती सडक ,गल्ली गल्लि रहेका छाडा पशुचौपाया देखेपछि मनमा दया नजागन्ने त कुरै थिएने र उनले सोच बनाए कि म अब यी पशुहरुको सेवा गर्छु । उनले यो यात्रा एउटा प्रतक्ष्य घटना बाट सुरु भयो उनले भने मैले एउटा घाउ लागेको घाईते गाई हाम्रो घर खेत तिर आयको देखे जस्को शरीर मा ठूलो घाउ थियो अनि धेरै किरा पनि थियो ।
अनि गाउलेले आ आफ्नो खेत बाट लखेटदै थे त्यो बिचरा कहाँ जान्थ्यो अनि मैले त्यस्को उपचार गरे अनि सडक मा रहेका यस्तै घाईते र भोका गाई गोरु लाई आफ्नो समय मिलायर सक्दो उपचार र आहायता गर्ने निधो गरेू ।
उनी र उनको समुहले अहिलेसम्म सडकमा रहेका सयौं पशुको उपचार गरिसकेको छ भने हजारौं पशुलाई घासपात, पानी दिएर व्यवस्थापन गरिसकेका छन् ।उनको समुहमा रहेका मन्जु शाहि, बिपुल भण्डारी ले उनलाई धेरै नै सहयोग गरि रहेका छन् ।
उनीले गरेको यो सकारात्मक काम देखे पछि माया गर्नेहरुको कमि हुने त कुरै भएन , उनको समुहको यो काम अझ बढि सकृिय गराउनुका लागि स्थानि व्यापारी , बिदेशमा रहेका नागरिक , अन्य क्षेत्र बाट अलि अलि सहयोग आरहेको छ ।
सेवा नै धर्म हो भन्ने भावनाका साथ, उनको यो यात्रा रोकिएन निरन्तर जारि रह्यो । उनले आफु एक्लै गरिरहेको यो यात्रा समूह मार्फत गर्ने विचार गरेपछि उनले महेन्द्रनगरमा आई केयर यु नामको समूह खोलि समुहमा काम गरिरहेको उनले बताए । ।