कोरोना भाइरसको महामारी विश्वले सामना गरेको सबैभन्दा गम्भीर स्वाथ्य आपतकाल रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बताएका छन् ।
डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोभिड–१९ को स्वास्थ्य आपतकाल अहिलेसम्मकै सबैभन्दा गम्भीरस्वास्थ्य समस्या र गम्भीर विपद रहेको बताए्।
डब्लुएचओले यो हप्ता कोरोना भाइरसका कारण घोषित स्वास्थ्य आपतकालको अहिलेसम्मको अवस्था मुल्यांकनका लागि आकश्मिक बैठक बस्दैछ ।विश्व स्वास्थ्य संगठनले यसअघि इबोला (दुई पटकको महामारी), जिका, पोलिओ र स्वाइन फ्लू का बेला विश्वव्यापी स्वास्थ्य आपतकाल लगाएको छ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६३ लाख ९६ हजार भन्दा बढी पुगेको छ । यस्तै कोभिड–१९ बाट अहिलेसम्म विश्वभर ६ लाख ५१ हजार ९ सय भन्दा धेरैको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जानकारि दियकोे छ।डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोस
डा. टेडरोजले भनेका छन्, ‘जब मैले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वाथ्य आपतकाल ३० जनवरीमा घोषणा गरेको थिएँ‘ त्यो बेला चीन बाहिर १०० भन्दा कम केस थिए संक्रमणका र कसैको मृत्यु भएको थिएन उन्ले बताए ।
’‘कोभिड–१९ ले हाम्रो विश्वलाई परिवर्तन भयको छ । यसले मानिसहरु, समुदायहरु र राष्ट्रहरुलाई एक ठाउँमा ल्याएको छ । र यसले सबैलाई विभाजित पनि गराएको छ ।’
पछिल्लो ६ हप्तामा संक्रमितको संख्या लगभग डबल भएको उनले बताए ।
विश्वले भाइरससँग लड्नका लागि राम्रो प्रयास गरेको भए पनि अझै पनि कोरोना भाइरसलाई जित्नका लागि लामो बाटो तय गर्न बाँकी नै रहेको डा. टेडरोजले बतायका छन् । विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रिइएनमा कोरोना भाइरस संक्रमण पुष्ठी भएको छ ।