काठमान्डौ -प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरेका छन् । तर उनीइतर समूहले भने बालुवाटारमै बैठक को लागी भेला भएका छन् .
सोमबारमात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमा भेला भएका ओलीइतर समूहका नेताहरूले आजको बैठक जसरी पनि चलाउनु पर्ने निष्कर्ष निकालेका थिए।
ओलीले बैठक स्थगित गरे पनि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरू बालुवाटार पुगेका छन् ।नेकपा स्थायी कमिटी अहिले ४४ सदस्यीय छ।
यसैबीच प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड सँग बालुवाटारमा छलफल गरिरहेका छन्।केही बेर अघिबाट बालुवाटार मै छलफल शुरु भएको छ ।
बामदेबको नयाँ प्रस्ताब
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको समीकरणमा फेरबदल हुने संकेत देखिएको छ ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम ले नयाँ प्रस्ताब अघी सारेका छन ।
गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।
प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएका छन् ।