बाजुरा -लगातारको अबिरल बर्षाका कारण साँफे -मार्तडी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालीको ताप्रीसेरा बजारमा रहेको घट्टे खोलामा रहेको पक्की पुल साउन ५ गते राती आएको अविरल वर्षाले बगाएपछी बाजुरा बासीहरुलाई यातायात गर्न निकै कठीनाइ भएको छ । जसका कारण बाजुरा जिल्लामा दैनिक उपभोग्य सामानको मुल्यमा वृद्धि भएको छ।
उक्त सडक ठाउँ ठउँमा सडक भत्किँदा जिल्ला सदरमुकाम मार्तडी र बाजुरा जिल्लाका स्थानीय तह र छिमेकी जिल्ला मुगु,हुम्ला, कालीकोट लगाएतका विभिन्न जिल्लामा जाने यात्रुहरुले निकै सास्ती बेहर्नु परेको स्थानी राम ब अयडीले बताए । उनले भने- बाजुरा जिल्लाको मुख्य साफेँ मार्तडी सडक अबरुद्ध हुँदा जनताले सास्ती भोग्नुका साथै बजारमा दैनिक उपभोग्य सामानको मुल्य वृद्धि भएको छ ।
बाजुरा मा अहिले धारा तेल एक पोका मा १ सय ३० , चिनी १ केजीको १ सय ४०, अण्डा पेटीको पाँचहजार पर्न थालेको छ ।तिन साता देखि सडक पुर्ण रुपमा अवरुद्ध हुनुका साथै बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको मुल्य वृद्धि हुँदा पनि जिल्लाका सरोकावाला निकाय भने मौन रहेका छन ।
यता बजार ब्यवस्थापन समितीका उपाध्यक्ष धन कृष्ण विकले साफेँ मार्तडी सडक पुर्णरुपमा अवरुद्ध हुदाँ साना तथा ठुला दुरीका सवारी साधान देखि खच्चर हिडने बाटो समेत पुर्णरुपमा बन्द हुदाँ दैनिक समानको मुल्यमा वृद्धि भएको बताए ।
'साफेँ मार्तडी सडक खण्डमा पर्ने १८ किलो मिटर सडक पहिरोले बगाएको छ। मान्छेबाट ढुवानी गर्दा निकै महगो पर्ने गरेको छ ',बिकले भने - ' यस्तो अबस्थामा हामीले पनि विक्री गर्दा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढाएका छौं ।' साँफे मार्तडी सडक खण्ड अन्तर्गत बाजुराको बुढिगंगा नगरपालिकाको सेरा अम्कोटमा ठुलो पहिरो खसेकाले तत्काल सडक खोल्न सकिने सम्भाबना कम रहेको छ ।
ताप्री सेरामा रहेको घट्टेखोला पुल बगाए पछि तिन साता देखि बाजुरा जिल्लामा पुर्ण रुपमा यातायात बन्द भएका छन । बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बैकल्पिक बाटो खोल्नका लागि पहल भइरहेको भएपनी चांडो खोल्न सक्ने सम्भाबना कम रहेको वताए ।प्रमुख जिल्ला अधिकारी गैरेले भने सडक डिभिजन कार्यलयले साफेँले भत्कको ठाउँमा कसरी सडक खोल्ने भन्ने एकीन गर्न नसकेकाले सडक सञ्चालन गर्न अप्ठेरो भईरहेको बताए ।