धनगढी -मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत विभिन्न खेलहरु धनगढीका विभिन्न खेल मैदानमा जारी रहेका छन् । फुटबल र क्रिकेटका खेलहरु तीन दिनदेखि भईरहँदा आजदेखि व्याटमिन्टन र भलिबलका खेलहरु पनि दुई दिनदेखि जारी रहेका छन् । सवै खेलहरुका लिग चरणका खेल सकिएका छन् ।
महिला क्रिकेटमा सुदुरपश्चिम र प्रदेश १ उपाधिका लागि भिड्ने
संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदुरपश्चिम र प्रदेश नम्बर १ भिड्ने भएका छन् । सुदुरपश्चिम प्रदेश समुह ए को र प्रदेश १ समुह बी को विजेता बन्दै उपाधिका लागि भिड्न लागेका हुन् । समुह ए बाट उपविजेता बनेको प्रदेश नम्बर प्रदेश ३ र समहु बी को उपविजेता बनेको प्रदेश ५ तेस्रो स्थानका लागि खेल्नेछन् ।
लिग अन्तर्गत आज भएको पहिलो खेलमा प्रदेश नम्बर कर्णाली प्रदेशलाई प्रदेश ३ ले १८६ रनले हरायो । पहिले व्याटिङ गर्दै प्रदेश ३ ले २० ओभरमा २ विेट क्षतिमा २४९ रन बनायो । सो पारीमा कञ्चन श्रेष्ठले ७९ करुण श्रीलामाले ४३ र सजनी श्रेष्ठले ३४ रन बनाईन् । कर्णालीकी लक्ष्मी रिमालले एक विकेट लिईन् । प्रतिउत्तरमा कर्णालीले ७ विकेट क्षतिमा ६३ रन मात्रै बनाउन सक्यो । कुनै पनि खेलाडीले दोहोरो रन अंक बनाउन नसक्दा प्रदेश ३ का लागि कञ्चन श्रेष्ठ निरा राजउपाध्यायले दुई दुई विकेट लिईन् ।
आज भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई १०० रनले हराएर फाईनलमा स्थान सुरक्षित गर्यो । पहिले व्याटिङ गर्दै प्रदेश १ ले २० ओभरमा २ विकेट क्षतिमा १७६ रन बनायो । सो पारीमा रामा थापाले ८१ काजोल श्रेष्ठले ६१ रन बनाईन् । प्रदेश २ का लागि सरस्वती चौधरी र आरती चौधरीले एक एक विकेट लिईन् । प्रतिउत्तरमा प्रदेश २ ले २० ओभरमा ९ विकेट क्षतिमा ७६ रन मात्रै बनाउन सक्यो । सा्े पारीमा सरस्वती चौधरीलृ २२ र अनुराधा चौधरीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक छुन सकेनन् । प्रदेश १ का लागि सिर्जना थापा र रुविना क्षेत्रीले दुई दुई विकेट लिईन् । फाईनल र तेस्रो स्थानको खेल भोली संघीय प्रहरी ईकाईको कार्यालयको खेल मैदानमा हुनेछ ।
पुरुष क्रिकेटको उपाधिका लागि प्रदेश २ र गण्डकी प्रदेश भिड्ने
पुरुष क्रिकेटको उपाधिका लागि प्रदेश २ र गण्डकी प्रदेश खेल्ने भएका छन् । समुह ए को विजेता बन्दै प्रदेश २ र समुह बी को विजेता बन्दै गण्डकी प्रदेश फाईनल पुगेका हुन् । समुह एबाट प्रष्ट जितका साथ प्रदेश २ फाईनल पुग्दा समुहको उपविजेता सुदुरपश्चिम प्रदेश भएको छ । समुह बी मा समान अंक हुँदा रन रेटका आधारमा पहिले हुँदै गण्डकी फाईनल पुगेको हो । रनरेटमा पछि परेर उपविजेता बनेको प्रदेश १ ले अव तेस्रो स्थानका लागि सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
फाप्ला मैदानमा आज भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई ५ रनले हराएको छ । पहिले व्याटिङ गर्दै गण्डकी प्रदेशले २० ओभरमा ६ विकेट क्षतिमा १०७ रन बनायो । सो पारीमा अनिल गुरुङले ४४ र आकाश थापाले १७ रन बनाए । प्रदेश ३ का लागि ईसान पाण्डेयले २ विकेट लिए । प्रतिउत्तरमा प्रदेश ३ ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १०२ रा मात्रै बनाउन सक्यो । सो पारीमा ईसान पाण्डेयले २७ जितेन्द्र ठकुरीले १३ रन बनाए । गण्डकी प्रदेशका लागि विपिन खत्री र आकाश थापाले तीन तीन विकेट लिए । किशोर महतोले दुई विकेट लिए ।
आज नै भएको दोस्रो खेलमा प्रदेश नम्बर २ ले सुदुरपश्चिमलाई ६ विकेटले हराएको हो । टस जितेर पहिले व्याटिङ गर्दै सुपले २० ओभरमा ८ विकेट क्षतिमा १०८ रन बनायो । सो पारीमा सन्जु दमाईले ४१ र दिपेन्द्र बोहोराले ३४ रन बनाए । प्रदेश २ का लागि सन्जम रेग्मीले तीन र प्रियान्सु मल्लिकले दुई विकेट लिए । प्रतिउत्तरमा प्रदेश २ ले १८ दशमलव १ ओभरमा ४ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो । सो पारीमा विशाल सुस्लिङले ३४ र हरिशंकर शाहले २५ रन बनाए । सुपका विकास क्षेष्ठ नरेन्द्र सावद खड्ग बोहोरा र सुरज तिरुवाले एक एक विकेट लिए । फाईनल र तेस्रो स्थानका लागि दुवै खेल भोली फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
पुरुष फुटबलको उपाधिका लागि सुप र प्रदेश १ भिड्ने
धनगढी रंगशालामा भईरहेको पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि सुदुरपश्चिम र प्रदेश १ भिड्ने भएका छन् । आज भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि भिड्न लागेका हुन् ।
आज भएको पहिलो सेमिफाईनलमा सुदुरपश्चिमले प्रदेश २ लाई टाईबे्रकरमा ४–१ ले हरायो । निर्धारित समय गोल रहित बराबरी भएपछि भएको टाईब्रेकरमा सुपका लागि राकेश हमाल नरेन्द्र चौधरी भागेन्द्र चौधरी र सन्दीप कुँवरले गोल गरे । प्रदेश २ का लागि साने चौधरीको मात्रै गोल भयो । सनिल लामाको प्रहार बाहिरिदा देवेन्द्र चौधरीको प्रहारलाई सुपका गोलरक्षक टेकेन्द्र थापाले रोके ।
आज नै भएको दोस्रो सेमिफाईनलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १–० ले हराएर फाईनल पुग्यो । एक मात्रै निर्णायक गोल दिपेन्द्र घिसिङ तामाङले गरे । सेमिफाईनलमा पराजित कर्णाली प्रदेश र प्रदेश २ ले तेस्रो स्थानका लागि खेल्नेछन । तेस्रो स्थानका लागि विहान ९ बजे धनगढी रंगशालामा खेल हुनेछ । फाईनल भने दिउँसो २ बजे धनगढी रंगशालामा हुनेछ ।
पुरुष र महिला भलिबलमा सेमिफाईनल समिरण पुरा
पुरुष तथा महिला भलिबलमा लिग चरणका सवै खेलहरु सकिएका छन् । दुई दिनमा महिला पुरुष तर्फका सवै लिग चरणका खेलहरु सकिएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो । पुरुष भलिबलमा समुह ए बा प्रदेश १ विजेता र सुदुरपश्चिम उपविजेता बन्दै सेमीफाईनल पुगेका छन् । समुह बी बाट गण्डकी प्रदेश विजेता र प्रदेश ५ उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् । अव भोली हुने सेमीफाईनलमा प्रदेश १ र प्रदेश ५ तथा गण्डकी प्रदेश र सुदुरपश्चिम भिड्नेछन् । सेमीफाईनलमा जितेकाहरु फाईनल खेल्नेछन् । पराजित भएकाहरु तेस्रो स्थाको लागि भिड्नेछन् ।
महिला भलिबलमा समुह ए बाट प्रदेश ५ विजेता र सुदुरपश्चिम उपविजेता बन्दै सेमीफाईनल पुगेका छन् । समुह बी मा प्रदेश ३ विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् । भोली हुने सेमीफाईनलमा प्रदेश ५ र गण्डकी तथा प्रदेश ३ र सुदुरपश्चिम भिड्नेछन् । सेमीफाईनलमा जितेकाहरु फाईनल खेल्नेछन् । पराजित भएकाहरु तेस्रो स्थाको लागि भिड्नेछन् ।
व्याटमिन्टनमा पनि सेमिफाईनलका खेलहरु सकिए ।
महिला तथा पुरुष तर्फका यु–१९ र यु–१७ उमेर समुहका महिला तथा पुुरुष तर्फका सेमिफाईनलसम्मका खेलहरु सकिएका छन् । अव भोली फाईनल खेल हुनेछ । यु– १९ पुरुषमा सुपका देशराज राना र प्रदेश १ का प्रनिस ठकुरी फाईनल खेल्नेछन् । रानाले सुपकै योगेश खड्का र ठकुरीले सुपका अमित चौधरीलाई हराएका हुन् । यु–१९ महिला तर्फ सुपकी निलिमा महरा र प्रदेश १ की निता लम्साल फाईनलमा भिड्नेछन । महराले कर्णाली प्रदेशकी सामना भट्टराई र लम्सालले सुपकी विष्ना किष्टलाई हराईन् । यु–१७ पुरुषमा भने दाजुभाई रोशन साउँद र जेवी साउँद भिड्ने भएका छन् । रोनले सुपकै प्रियान्सु क्षेत्रलाई हराउँदा जेवीले प्रदेश १ का पेम्बा शेर्पालाई हराएका हुन् । यु–१७ महिला तर्फ प्रदेश १ की सिमा राजवंशी र प्रदेश १ कै अन्जना राई भिड्ने भएकीछिन् । सिमाले प्रदेश ५ की कृष्णा बज्राचार्य र अन्जनाले सुपकी एलिना तिरुवालाई सेमिफाईनलमा पराजित गरेकी हुन् ।
फागुन २९ गतेबाट शुरु भएको प्रतियोगिता चैत्र ३ गते समापन हुने छन् । ७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सय जनाको सहभागिता छ । प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याटमिन्टका खेल महिला र पुरुष दुवैको भईरहेको छ भने फुटबल खेल पुरुषको मात्रै भइरहेको छ ।