अत्तरिया - 'आपसी एकता सामुहिक उत्तरदायित्व सु.प समाज कोरियाको स्थायित्व' भन्ने मुलभूत उध्ेश्यका साथ कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरु मिलेर स्थापना गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरिया निरन्तर रुपमा सामाजिक कार्यमा अग्रसर हुदै आएको छ ।
रोजगारीका लागि कोरियामा गएका नेपालीहरुका बिचमा आपसी सद्धभाव र एकता कायम गर्दै सुदूरपश्चिम सहित समग्र नेपाली समुदायको हित र भलाईमा सर्मपित सुदूरपश्चिम समाज दक्षिण कोरियाले हाल सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा रहेका समस्यालाई मध्येनजर गर्दै समाधानका लागि समाजिक , आर्थिक र भौतिक रुपमा सहयोग गर्दै आइरहेको छ ।
२०६२ साल २००५ सेप्टेम्बर १९ मा स्थापना भएको उक्त संस्थाले स्थापनाकाल देखी हाल सम्म संस्थाको उध्ेश्य अनुरुप नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आइरहेको हो । संस्थाले भरखरै मात्र सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्घुरामा पिसिआर मेसिन एबम् प्रयोगशाला स्थापनाका लागि १० लाख रुपैया सहयोग गरेको छ ।
कोरोनाको महामारी बढ्दै गएका बेला सुदूरपश्चिममा एउटा मात्रै पिसिआर मेसिन हुदाँ कोरोना परिक्षणमा समस्या भएको भन्दै ह्मुनिटि फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको पहलकदमीमा डडेल्घुरामा पिसिआर मेसिन राख्ने अभियानमा सहकार्य गर्दै सुदूरपश्चिम समाज दक्षिण कोरियाले १० लाख सहयोग गरेको हो ।
अभियानमा जोडिदै सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा संचालित आर्थिक सहयोग संकलन अभियानवाट संकलित १० लाख रुपैया सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै समाजका कोषाध्यक्ष डिल्लीराज पनेरुले ह्म्युानिटि फाउण्डेशन नेपाललाई हस्तान्तरण गरेको संस्थाका संयोजक डा. अग्नीराज कोइराला , अध्यक्ष बिर बहादुर पाल र महासचिब ओम साउँदद्धारा हस्ताक्षित बिज्ञप्ती मार्फत जानकारी गराइएको छ ।
उक्त अभियानलाई सफल पार्नका लागि महत्वपूर्ण सहयोग गर्ने समाजका निवर्तमान अध्यक्ष लाल बहादुर साउद , पुर्व अध्यक्षहरु धर्मराज जोशी, पुर्व अध्यक्ष जितेन्द्र महता , कमल शाही , निबर्तमान बरिस्ठ उपाध्यक्ष यज्ञ राज जोशी , वरिष्ठ उपाध्यक्ष दिल ब.मडै , आर्थिक पारदर्शिताका साथ सम्पन्न गर्ने सचिब बिर भण्डारी , प्राबिधिक सहयोग गर्ने सचिब योगेश बोहरा , प्रबक्ता योगराज जोशी, सेन्ट बि रेमिटान्स कोरिया लगाएत सम्पूर्ण सहयोगी मनहरुलाई सु.प समाज दक्षिण कोरियाले धन्यवाद समेत दिएको छ ।
यसअघि समाज पनि समाजले थुप्रै सामाजिक कार्यहरु कुशलता पूर्वक सम्पन्न गरेको समाजका अध्यक्ष बिर बहादुर पालले बताए । उनले गत बर्ष २०१९ सेप्टेम्बरमा कोरियाको महान पर्व छुसकका अबसरमा सु.प समाज कोरियाले सुदूरपश्चिमको दुर्गम क्षेत्रमा शिक्षा , र स्वास्थ्यमा टेवा पुञ्याउने उध्ेश्यका साथ बृहत सास्कृतिक कार्यक्रम आयोजना गरेर १५ लाख नेपाली बचत भएको र सोहीमा १ लाख थप गरेर १६ लाख रुपैया सुदूरपश्चिमका बिभिन्न बिधालयहरुलाई पठाइएको बताए ।
जसमा डडेल्घुराको आशिग्राम मा.वि , डोटीको शुगमवाल अधारभूत बिधालय , बैतडीको पिपलकोट मा.वि , अछामको जल्पादेवी मा.वि , दार्चुलाको हुस्कर मा.वि , बझाङको कालिका माविलाई समान २ लाख र बाजुराको बुढिगंगा नगरपालिकाक र स्वामी कात्र्तिक खापर गाउपालिकामा ३ लाख नेपाली बराबरको २० वटा आइसोलेसन बेड उपलब्ध गराईएको अध्यक्ष पालले जानकारी दिए ।
उनले यो अबधिमा समाजको सहयोग सम्बन्धी अपील अडियो सन्देश निशुल्क रेकर्ड गरि सहयोग गर्ने विशेष डिजिटल रेकर्डिङ स्टुडियो काठमाडौंका संचालिका लोक गायिका शोभा थापा, सन्देश गितमा आबाज दिने लोक गायिका निरुता खत्री एवं निशुल्क मिक्सिङ गरिदिनु हुने डिजाइनर सुरज गुरूङ लाई समेत धन्यवाद दिए ।
उनले सु.प समाज कोरिया आफ्नो मौलिक भाषा , कला , सस्कृतिको जर्गेना र सम्र्बद्धन गर्नुका साथै प्राकृतिक बिपत्तिका बेलामा आफ्नो समुदाय र राष्ट्रको सहयोगका लागि जुट्ने एक गैर राजनितिक , गैर नाफामुलक र विशुद्ध सेवाभावले स्थापित सामाजिक संस्था रहेको समेत बताए ।
साथै आगामी दिनहरुमा पनि समाजले हरेक सामाजिक कार्यक्रम अग्रसरता देखाउदै आफ्नो प्रदेश र समर्ग राष्ट्रका लागि निरन्तर सहयोग गर्दै जाने समेत बताए । समाजले गरेको यस सामाजिक कार्यको बिदेशमा रहेका नेपाली सहित नेपालका बिभिन्न संघसस्थाहरुले प्रशंसा गरेका छन् ।

