दार्चुला -जिल्ला अदालत दार्चुलाले एक वर्षको अवधिमा झण्डै ७६ प्रतिशत मुद्धा फछ्र्यौट गरेको छ । गत आर्थिक वर्ष ०७६।०७७ मा जिल्ला अदालतले ७५ दशमलव ८८ प्रतिशत मुद्धा फछ्र्यौट गरेको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।‘बन्दाबन्दीको कारण केहि मुद्धा फछ्र्यौटमा कमी हुन गयो,’ जिल्ला अदालतका श्रेस्तेद्धार किरण कुमार सिंहले भने ‘तै पनि अघिल्लो ०७५।०७६ को भन्दा केहि थान मुद्धा बढि फछ्र्यौट गरिएको छ ।’ अघिल्लो आर्थिक वर्ष ०७५।०७६ मा ७५ दशमलव ४४ प्रतिशत मुद्धा फच्र्यौट गरेको थियो ।
गत आर्थिक वर्षमा जिल्ला अदालतमा १३० थान मुद्धा नयाँ दर्ता भएको थियो । आर्थिक वर्ष ०७५।०७६ बाट जिम्मेवारी सरि आएका ४० थान गरी कुल १७० थान मुद्धा दर्ता भएको हो । श्रेस्तेद्धार सिंहका अनुसार गत आर्थिक वर्षमा देवानीतर्फ २५ थान जिम्मेवारी अघिल्लो बर्षको जिम्मेवारी सरेर आएको थियो भने ५६ थान मुद्धा नयाँ दर्ता भयो ।
कुल ८१ थान देवानी मुद्धामध्ये ६० थान मुद्धा फछ्र्यौट गरिएको उहाँले बताउनुभयो ।व्यक्तिवादीतर्फ ८ थान अघिल्लो वर्ष फैसला हुन नसकेको तथा ३० थान नयाँ मुद्धा दर्ता भयो ।
जसअनुसार ३१ थान मुद्धा फछ्र्याैट गरिएको छ । सरकारवादी फौजदारीतर्फ ५ थान अघिल्लो वर्षको र ४४ थान नयाँ गरि ४९ थान मुद्धा रहेकोमा ३६ थान मुद्धा फछ्र्याैट गरिएको अदालतले जनाएको छ ।
गत ०७६।०७७ मा रिट तथा पुनरावेदनसम्बन्धी कुनै मुद्धा परेन् । अघिल्लो वर्षको २ थान मुद्धा फछ्र्र्यौट गरिएको छ ।अदालतले कोरोना भाइरसका कारण देश बन्दाबन्दी रहँदा चैत ११ गतदेखि जेठ मसान्तसम्म काम गर्न नसकेको श्रेष्तेदार सिंहको भनाई छ । ‘अढाई महिना भन्दा बढि समयसम्म मुद्धाको फैसला हुन पाएन्,’ उहाँले भन्नुभयो, ‘त्यो अवधिमा पनि काम गर्न सकिएको भए मुद्धा फछ्र्यौैट दर केहि अझै बढ्थ्यो ।’
जिल्ला अदालतले असार महिनामा मात्रै २७ थान मुद्धाको फैसला सुनाएको छ । बन्दाबन्दीपछि एक महिनामा मात्रै काम गर्न सकियो, उहाँ भन्नुहुन्छ, ‘विगतको तुलनामा मुद्धाको दर पनि ह्वात्तै बढेको हो ।’ एक सय थान मुद्धा नपुग्ने जिल्ला अदालतमा यो पटक १७० थान मुद्धा पुग्न गयो । ‘मुद्धाको फैसला बन्दाबन्दीको समयमा पनि सन्तोषजनक रह्यो,’ श्रेस्तेद्धार सिंहले भने ।