बाजुरा - लगातारको अबिरल बर्षाका कारण साँफे मार्तडी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालीका वडा न। १ को अम्कोटमा पहिरो जादाँ यातायात गर्न निकै समस्या भएको हो । सडक पुर्ण रुपले अवरुद्ध भएको दुई साता बितिसक्दा समेत साफेँ मार्तडी सडक खुल्न नसकेको हो ।
सडक अवरुद्ध भएको दुइ साता विदा सम्मेत सडक डिभिजन कार्यालय साफेँले कुनै वास्था नगरेको गुनासो बढेको छ । सडक अवरुद्ध भए पछी यात्रुहरुलाई पैदल यात्रा गर्न पनि निकै समस्या भएको छ । साँफे मार्तडी सडक खण्ड अन्तर्गत बुढिगंगा नगरपालिका १ अम्कोटमा ठुलो पहिरो खस्दा सडक खोल्न सक्ने सम्भाबना कम रहेको छ ।
सडकको तल र माथि तिर बाट पहिरो गएको र त्यहि ठाँउ बाट सडक खोल्न समस्या भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । उनले बैकल्पिक बाटो खोल्नका लागि पहल भइरहेको तर चाडो खोल्न सक्ने सम्भाबना कम रहेको बताए ।
उनले सडक डिभिजन कार्यलयल साफेँले भत्केको ठाउँमा कसरी सडक खोल्ने भन्ने एकीन लाइन नदिएको कारण सडक सञ्चालन गर्न समस्या भएको बताए । अम्कोटमा पुर्ण रुपमा पहिरो गए पछी तत्काल विकल्प खोज्न पनि नसकिएको उनले बताए ।
अन्य ठाँउमा पनि सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ । पहिरोले बडिमालिका नगरपालिकाको पानि नाउला, बल्दे, अम्कोट, तिपाडा, लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो सडक भासिएपछि यातायात सडक अवरुद्ध बनेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले जानकारी दिए । दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो ।
सड्क जोखिम रहेको सडक डिभिजन कार्यलय साफेँलाई जानकारी हुदाँ पनि कार्यालयले तत्काल खोल्ने बिषयमा कुनै चासो नदिएको स्थानीय बासी लक्ष्मीराज जोशीले बताए । बाजुराका खण्डको बल्धे र पानि नाँउलामा सबै भन्दा जोखिम भएको छ ।
अम्कोटमा नयाँ ठाँउ बाट सडक लैजानु बाहेक अर्को बिकल्प नभएको साँफेबगर डिभिजन कार्यलय प्रमुख ललित खनालले बताए । उनले पहिरो गएको दिन देखि आफनो कर्मचारी र एक डोजरले पहिरो खोल्न लागी रहेको बताए ।
पहिरोको तल ठुलो नदि भएकोले माथी जती बनाए पनि नदिले बगाएर लैजाने गरेको बताए । बिगतका बर्षहरुमा पनि बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरुद्ध हुदै आएको थियो। अविरल वर्षाले सडक भासिय पछि दुइ साता देखि यातायातका साधन बन्द भएका छन ।
सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या भएको छ । बर्षातमा सडक अबरोध भएपछि यी क्षेत्रमा दैनिक उपभोग्य सामानको समस्या भएको छ भने जिल्ला बाट धनगढी नेपालगन्ज लगायतका विभिन्न ठाउमा रिफर गरेका ईमर्जेन्सी विरामिहरूलाई समेत समयमा अस्पताल पुञ्याउन सक्ने अबस्था नरहेको बताइएको छ ।
साथै सदरमुकाम मार्तडीमा उत्तरी क्षेत्रका चारवटा स्थानिय तहमा खाद्यन्न ढुवानीमा समस्या भएको छ । जसका कारण दैनिक उपभोग्य सामानको मुल्य निकै आकासिएको छ ।