अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका बिभिन्न स्थानमा खुट्टाले चलाएर हात धुने स्वचालित यन्त्र जडान गरिएको छ ।
कोरोनाको बढदो सक्रमणलाई मध्यनजर गर्दे यसवाट बच्न र नियमित रुपमा हात धुने बानीको विकास गराउनका लागि गोदावरी नगरपालिकाको कार्यालयसंगै वडा नं ११ ओलानीमा रहेको गोदावरी स्वास्थ चौकी , वडा नं ७ मा रहेको जमुनाभारी शहरी स्वास्थ किल्नीक र वडा नं ५ मा रहेको गेटा स्वास्थ चौकीमा उक्त यन्त्र जडान गरिएको हो ।
गोदावरी नगरपालिकाको सहकार्य तथा समन्वयमा कारितास नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित कोभिड आपतकालिन प्रतिकार्य परियोजना अन्तरगत ४ थान खुट्टाको प्रयोगवाट चल्ने हात धुने स्वचालित यन्त्र निड्स नेपालका कार्यक्रम अधिकृत केशव मलाशीले नगरपालिकाकी उपप्रमुख रत्ना कडायतलाई हस्तान्तरण गरेका हुन् ।
कोरोनाको बढदो सक्रमणलाई मध्यनजर गर्दे कोरोना प्रभाव न्युनीकरणका लागि नवीनतम प्रविधिको प्रयोगबाट यस खाले मेसिन जडान गरि नगरपालिकालाई हस्तान्तरण गरिएको कार्यक्रम अधिकृत केशव मलाशीले जानकारी दिए । उनले नियमित रुपमा हात धुने बानीको विकास भई कोरोनाको सक्रमणबाट सचेतना अभिवृद्धी र स्वास्थमा सावधानी हुने उदेश्यका साथ उक्त यन्त्र सहयोग गरिएको बताए ।
हस्तान्तरण कार्यक्रम पछि गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले गोदावरी नगरपालिकासँगको सहकार्य तथा समन्वयमा निड्स नेपालले गरेको यो कार्य एकदमै स्वागतयोग्य र सरहानिय रहेकोमा धन्यवाद दिइन् ।
उनले आगामी दिनमा अझै साझेदारी रुपमा मिलेर काम गर्दै जाने समेत बताइन् । सोही कार्यक्रममा सहभागी गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कंबरले कोरोना सक्रमणको दर न्युनीकरण गर्न यो आधुनिक हात धुने मेसिन निकै प्रभावकारी हुने बताए । उनले हात नलगाइ खुट्टवाट चल्ने यस प्रकारको यन्त्रले हात धुने क्रममा संक्रमण फैलिन नपाउने बताए ।
यसअघि पनि निड्स नेपालले गोदावरी नगरपालिकाको स्वास्थ शाखालाई ९९ सेट विश्व स्वास्थ सगंठनको मापदण्ड अनुसारको स्वास्थ साम्रगी हस्तातरण तथा गोदावरी नगरपालिका क्षेत्रका विभिन्न क्वारेईनटाईन र आईशोलेशनमा रहेका ४१७ व्याक्तिहरुलाई पोषणयुक्त खाजा साम्रगी सहयोग गरेको गरिसकेको अधिकृत केशव मलाशीले बताएका छन् ।