कैलाली - सुदूरपश्चिम प्रदेशका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । बैतडीमा सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ, तरकारी जर्म प्लाज्म सम्र्बद्धन तथा बिउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसम मापन केन्द्र स्थापना गरिएको हो ।
यसका साथै कृषि विकास निर्देशनालय दिपालय डोटी,कृषि ज्ञान केन्द्र कञ्चनपुर र टीकापुर प्राविधिक शिक्षालय कैलालीमा गरि ७ स्थानमा उक्त उपकरणहरु जडान गरिएको कृषि विकास निर्देशनालय दिपालयका नायब सुब्बा चुडामणी पनेरुले जानकारी दिए ।
ती उपकरणहरु एउटा स्थानमा ३ लाख ७७ हजार गरी २६ लाख ३९ हजारको लागतमा निर्देशनालयले जडान गरिएको हो ।मापन केन्द्रले मौसमको पूर्वानुमान , हावाहुरी, घाम, पानी, बादल, आद्रता तापक्रम मापन गर्ने जडानको ठेक्का पाएको महाबिर श्री इन्टरनेशनल प्रा लिका इन्जिनियर सार्थक लम्सालले बताए ।
इन्टरनेटको माध्यम तथा मोबाइल एपमार्फत पनि मौसनसम्बन्धी जानकारी पाउन को साथै यो उपकरण ईन्टरनेटको सुविधा नभएको ठाउँमा पनि नेपाल टेलिकमको सीम प्रयोग गरेर मौसमसम्बन्धी जानकारी लिन सकिने बताइएको छ ।मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकोले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुनेछ ।
यस उपकरणबाटंं ‘वेदर डिभाइस’ मोबाइल एप डाउनलोड गरी छिनछिनको मौसमसम्बन्धी जानकारी लिन सकिनेछ । मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकोले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुने भएको छ ।