अत्तरिया - पूर्वपश्चिम राजमार्ग अन्र्तगत पर्ने कैलालीको अत्तरिया देखी चिसापानी सम्मको सडकको अबस्था नाजुक बन्दै गएको छ । पश्चिम नेपाललाई पुर्वका जिल्लामा जोड्ने एक मात्र उक्त सडकको बर्षौदेखी मर्मत सम्भार हुन नसक्दा अहिले ठाउँ ठाउँमा फुटेर सडकको अबस्था नाजुक बन्दै गएको हो ।
कहि कतै बाहेक अहिले पुरै सडक फुटेर बिच भागमा ठूला ठूला खाल्डा खुल्डी परेका छन् । जसले गर्दा एक तिर सो सडक भएर आवतजावत गर्ने सर्वसाधरण यात्रु देखी सवारी साधनहरुलाई निकै कठिनाई भैरहेको छ भने अर्कोतिर दुर्घटनाको जोखिम पनि निकै बढ्दै गएको छ ।
अत्तरिया देखी चिसापानी जादै गरेका अत्तरियाका पंकज मल्लले सडकको यस्तो अबस्था हुदा पनि सम्बन्धित निकाय मुखर्दशक बनेर बस्नु दुखद रहेको बताए । उनले सुरुमा त प्रदेशको राजधानी तोकिएको अत्तरिया चोकको अबस्था झनै लाजमर्दो रहेको बताए । सामान्य बर्षमा हुदा पनि अहिले अत्तरिया बजार जलमग्न हुने गरेको छ ।
बजार पुरै डुबानमा पर्ने खतरा रहेको छ । अत्तरिया धनगढी ६ लेन सडक ब्यबस्थित हुदै गर्दा अत्तरिया चोक बरपरको भएको सडकको दुर्दशा भने कसैले नदेखेको भन्दा पनि नटेरेको देखिन्छ । साघुरो सडक त्यसैमाथि बिच भागहरुमा परेको ठूला तालजस्तै बनेका खाल्डा खुल्डीले दुर्घटनाको जोखिम निकै बढेको मल्लले बताए ।
अत्तरिया चोक देखी अहिले एक ठाउमा मात्र नभई ठाउ ठाउमा सडक फुटेर क्षेतबिक्षत भएपछि बर्षायतको समयमा झन आकाशवाट परेको पानीले खाल्डाखुल्डीमा पानी जम्दा सडकनै नदेखिने अबस्था रहेको सर्वसाधारणहरु बताउँदछन् ।
चौमाला भन्दा उताको सडक झन बर्षायतको पानीले हिलाम्मे हुदाँ कुनै ग्रामिण खडक भन्दा कम देखिएको छैन । अहिले उक्त सडकमा चल्ने सवारी साधनहरुले बिषेश साबधानी अपनाएर सवारी नचलाएमा जुन सुकै बेला पनि ठूलो दुर्घटना हुन सक्ने देखिएको छ ।
पूर्ववाट आउदै गरेका एक जना ट्रक चालक बिनोद सिंहले सडकको अबस्था देखेर गाडी चलाउन पनि निकै कठिनाइ भैरहेको बताए । उनले सवारी दुर्घटना हुदा पहिला चालकलाई दोष दिने गरेको भएपनि अहिलेको दुर्घटनाको प्रमुख कारण यी यस्ता सडकहरु नै रहेको बताए ।
गाडी चलाउदा हामीले त बिषेश साबधानी अपाएका हुन्छौ , सडक साघुरो छ बिचमा ठूला ठूला खाल्डा परेका छन् , बिचवाट लगौ भने भएन साइडवाट लैजाउ भने पछाडीवाट कोही तिब्र गतिमा आयो भने दुर्घटना हुने डर बढी हुन्छ ।
उनले सरकारले बर्षेनी पुराना सडकहरुको अबस्था बुझ्दै आवश्यक परेकाका ठाउँहरुमा मर्मत सम्भार गर्न अति आवश्यक रहेको बताए ।
उनले अहिले ३ तहका सरकार भएपनि आआफ्नो क्षेत्रमा पर्ने सडकको मर्मत सम्भार तर्फ कसैको पनि ध्यान जान नसकेको बताए । उता सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अर्जुन कुमार बमले भने अहिले तत्काल सडक मर्मत गर्न सक्ने अबस्था नरहेको बताएका छन् ।
उनले बर्षायत सुरु भइसकेकोले काम गर्न सहज नभएको र अहिले गरेको काम दिर्घकालिन रुपमा टिकाउ पनि नहुने भएकाले तत्काल काम गर्न सक्ने अबस्था नरहेको बताएका हुन् । उनले यो बिचमा पनि आवतजावतमा निकै समस्या भैरहेको सुखड , मुढा बजार लगाएतका ठाउँमा जेसिब लगाएत ग्राभिल हाल्ने काम भने गरिरहेको बताए ।
'हामीले पनि सडकको अबस्था बुझेका छौ , के गर्ने अहिले काम गर्नका लागि जनशक्ति पनि छैन , सडकमा काम गर्ने अधिकंश जनशक्तिहरु भारतीय रहेका छन् , उनीहरु लकडाउन भएपछि घर गएकाले पनि समस्या भएको छ उनले भने - 'अब साउन महिनाको अन्ततिर आकाशे पानी केही रोकिएपछि कामलाई निरन्तरता दिने र तिहार अगाडी पुरा गरिसक्ने योजना बनाएका छौ ।'