काठमाण्डौ -
पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप भएकासमेत हालसम्म कुल संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ ।
मन्त्रालयले बिहीबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा एक सय ३९ जना निको भइ डिस्चार्ज भएको बताए ।हालसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संखया सात हजार आठ सय ११ पुगेको छ ।
त्यसैगरी क्वारेन्टाइनमा बस्नेको संख्या घटेर २४ हजार चार सय २५ मा झरेको छ ।कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।
सुदुरपश्चिममा ३५ जना थपिए
बिहीवार सुदुरपश्चिममा थप ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । केन्द्रिय प्रयोगशाला टेकुमा दार्चुला का एक जना र डोटीका २ जना मा कोरोना देखिएको हो । यस्तै डडेल्धुरा प्रयोगशालामा बझाङका १६ जनामा कोरोना पुष्टी भएको हो ।यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८ महिला र ८ पुरुषमा कोरोना देखिएको हो ।
कोरोना पुष्टी भएकाहरुमा अछामका ३७,३० र ५ बर्षिया तीन महिला र ७५ बर्षिया एक पुरुष , बाजुराका १ सात बर्षिया महिला र एक ७ बर्षिया पुरुष ,कैलालीको गौरीगंगाका २५,२० र २४ बर्षिया तीन पुरुष, कैलाली कै गोदावरी नगरपालिकाका २१ ,१४ , ५ बर्षिया तीन महिला र २४, ४ बर्षिया २ पुरुष रहेका छन् ।
यस्तै कन्चनपुरका एक २८ बर्षिया महिला र ३२ बर्षिया पुरुष रहेको सेती अस्पतालले जारी गरेको दैनिक प्रेस नोटमा उल्लेख गरिएको छ । बितेको २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा २५७ जनाको कोरोना परिक्षण गरिएको छ ।योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ९ सय ६ पुगेको छ।