अत्तरिया - सामाजिक संजालमा आएको एउटा भिडियोले कैलालीमा ३ बर्षदेखी सडकमा जिवन बिताइरहेका आमा छोरोको उद्धार भएको छ । खाना पुगोस, दिन पुगोस अभियानको बिशेष पहलमा जिल्लाको जोशीपुर गाँउपालिका अन्तर्गत जोशीपुर बजारमा बिगत ३ वर्ष देखी सडकको बास गरेका ५० बर्षिया आमा जगतरा परियार र १० वर्षिया छोरा पारस परियारको उद्धार भएको हो ।
बजार तथा गाँउमा माग्दै दैनीकी चलाएका आमा छारोको जीवन लकडाउनका कारण थप समस्यामा परेको थियो । अति बिपन्न परियारलाई राहत बितरण गर्ने क्रममा खाना पुगोस, दिन पुगोस अभियानका प्रमुख अभियन्ता आलोक जंग साउदले समस्यावाट निकै ग्रस्त रहेका उनीहरुको बारेमा समाजिक संजाल मार्फत भिडियो सार्वजनिक गरेका थिए ।
निकै मन छुने उक्त भिडियो सार्वजनिक भए संगै स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुबाट सहयोगहरु जुट्न थालेको थियो । सोही सहयोग र गाँउपालिकाको समन्वयले सोमबार उनीहरुको उद्धार गरिएको समाजिनक अभियन्ता आलोक जंग साउदले जानकारी दिए । अभियन्ता साउदका अनुसार उनीहरुलाई गास, बास र कपासको ब्यवस्था गरिएको छ ।
हाल बजारमा भत्कीएको हाटबजारको भवनलाई मर्मत गरी ब्यवस्थापन गरिएको र गाँउसरकारले जग्गा उपलब्ध गराए उनीहरुका लागि घर निर्माण गरिने बताईएको छ । जोशीपुर गाँपालिकाका अध्यक्ष राम कृष्ण चौधरीले आगामी दिनमा उनीहरुको हेरचाहको जिम्मा गाँउ सरकारले लिने आश्वासन दिएको समेत अभियन्ता साउदले बताएका छन ।श्रीमान बेपत्ता भएपछि बेसहारा बनेकी उनी मानसिक तनाबले छोरा लिएर घरबाट निस्कीएको र आफन्तहरुले पनि बेवास्था गरेको बुझिएको छ । बिगतका केही वर्ष कैलालीका बिभिन्न बजार क्षेत्रमा पुगी सडकमा बसेका उनीहरु ३ वर्ष यता भने जोशीपुर बजारको सडक पेटीमा बस्दै आएका थिए ।
सामाजिक अभियान्ता आलोक जंग साउदको सभापतित्वमा भएको राहत सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि जोसिपुर गाउपालिका अध्यक्ष राम कृण चौधरि रहनु भएको थियो , बिशिस्ट अतिथिमा गाउपालिका उपा अध्यक्ष गिता कठरिया, अतिथि मा गाउपालिका प्रवक्ता ३ तथा वाडा अध्यक्ष किशोर कठरिया, वाडा न १ अध्यक्ष विधिराम चौधरि प्रमुख प्रसासकिय अधिकृत कमल राज उपाध्या, समाजसेबि गोमा आचार्य जोशिपुर बजार व्यवस्थापन अध्यक्ष बिश्वनाथ चौधरि, व्यापारी बिणु प्रसाद गैतम, समाजसेबि सरस्वती र्श्रेष्ठ ,व्यापारी हरि गौतम ,जोशिपुर गाउपालिका का नासु शिध राज जोसि, व्यापारी लाल बहादुर देउवा इलाका प्रहरि प्रमुख बिर बाहादुर बोहोरा पत्रकार धर्मेन्द्र बिस्ट,अभियन्ता हरु रण बहादुर साउस, नरेश महर, रगुनाथ जोशि, ज्ञान बाहादुर बम, टेट राम चौधरि, सुजल साउद लगायत रहनु भएको थियो भने कार्यक्रमको संचालन रेडियो सुनौलो एफएम का प्रबन्ध निर्देसक खकेन्द्र जैशिले गर्नु भएको थियो ।