अत्तरिया - कैलाली र कञ्चनपुरमा बैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन सुरु भएको छ । वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्नका लागि यहाँ पुगेको सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले छानविन सुरु गरेको हो ।
कञ्चनपुरमा समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबारबाट छानबिनको काम शुरु गरेको छन् । समितिले वैज्ञानिक वन व्यवस्थापन लागि सामुदायिक वन उपभोक्ता समितिले गरेका क्रियाकलापबारे सरोकारवालासँग छलफल गरेको थियो ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको व्यापक विरोध भएपछि यसको अवस्था बुझ्न कञ्चनपुर आएको समितिका सदस्य चौधरीले बताए । उनले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका तराईका जिल्लामा रहेका सामुदायिक वनको अध्ययन तथा अनुगमन गरी प्रतिवेदन तयार गरिने र पछि त्यो प्रतिवेदन सरकारलाई बुझाउने उनले बताए।
यस्तै यता कैलालीमा सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितीका संयोजक प्रदीप यादव, सदस्य प्रेम बहादुर आले र सदस्य मीना सुब्बा र दुई जना प्राविधीक सहितको टोलीले अनुगमन गरेको छ।
उपसमितिले वैज्ञानिक वन कार्यक्रम लागु भएका जिल्लाहरूमा गएर छानविन गर्ने उपसमितीका सदस्य प्रेम आले मगरले बताए ।
उनले कैलाली कञ्चनपुरमा काठ व्यवसायीहरुको बढ्दो ठगी र वनहरु नासिदै गएको जानकारी दिए । यहाँका वैज्ञानिक वनहरुले कुनै पनि मापदण्ड अनुसार काम नगरेको पनि उनले बताए । साथै उनले वनका अध्यक्षहरुबाट गम्भीर त्रुटी भएको बताए ।
मृत्यु भईसकेका व्यक्तिहरुको समेत हस्ताक्षेर भएका प्रतिलीपी भेटिएकोले यस बिषयमा गहिरो अनुसन्धान थालिने पनि जानकारी दिए ।