अत्तरिया - कैलालीको गोदावरी नगरपालीका वडा नं. ४ बन्दगडामा संरक्षणको प्रखाइमा रहेको राजितालको संरक्षण र सम्बद्धनको जिम्मेवारी मष्टधाम व्यवस्थापन समितिले लिएको छ । प्रकृतिक सौदर्यताले भरिपूर्ण राजितालको उचित संरक्षण र सम्बद्धन हुन नसक्दा ओझेलमा रहेको ताललाई संरक्षण, सम्बद्धन एवम् प्रचारप्रसार गरी पर्यटकिय स्थलका रुपमा विकाश गर्न मष्टधाम व्यवस्थापन समितिले जिम्मेवारी लिएको हो ।
सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी अत्तरियावाट करिब १५ किलोमिटरको दुरीमा रहेको कैलालीकै विकट क्षेत्र मानिने बन्दगडामा करिब साढे एक करोडको लागतमा झण्डै २ बिघा जमिनमा निर्माण हुन लागेको मष्टधाम नजिकै ओझेलमा परेको ताललाई संरक्षण गरेर पर्यटकिय क्षेत्र बनाउन स्थानियहरुले अनुरोध गरेपछि मष्टधाम समितीले अब त्यसको संरक्षण गर्ने भएको छ ।
बन्दगडामा बसेको आम भेलाले राजीतालको जिम्मेवारी मष्टधाम व्यवस्थापन समितिलाई दिएको हो । मष्टधामका साथ साथै करिब ४ विघा क्षेत्रफलमा फैलिएको राजीताल संरक्षण अभावमा पुरिदै गएकोले त्यसको संरक्षण र विकाशको जिम्मेवारी आफुहरुले लिएको मष्टधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर साउँदले बताए ।
‘राजितालको विकाश गर्न सके कैलाली जिल्लामै पर्यटकिय स्थल बन्न सक्छ ’ उनले भने – ‘अब तालको जिम्मेबारी हामीलाई दिइएको छ यसको संरक्षणका लागी म र मेरो टिमले स्थानिय सरकार र प्रदेश सरकारसंग निरन्तर पहल गर्नेछ ।’ गोदावरी नगरपालिका भित्र विभिन्न पर्यटकिय स्थलहरु रहेकाले तिनै सबैको उचित संरक्षण, संर्वद्वन हुन गर्न सके नगर , जिल्ला र प्रदेशकै विकाश हुने उनको तर्क थियो ।
आम भेलामा राजीताल सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष, विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, हाटखोली स्कुलका प्र.अ. कर्ण बहादुर साउँद लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।