धनगढी -सुदूरपश्चिममा बुधबार मात्रै थप २ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २ सय ४१ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका ४ महिला र १४ पुरुष गरी १८ जना, बाजुराका २ महिला र ५ पुरुष गरी ७ जना, कैलालीका ४ महिला र १० पुरुष गरी १४ जना र कञ्चनपुरका १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
यस्तै विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा डोटीका ७ महिला र ११ पुरुष गरी १८ जना, अछामका १५ महिला र ५१ पुरुष गरी ६६ जना, बाजुराका ६ महिला र १२ पुरुष गरी १८ जना, कैलालीका दुई महिला र ८ पुरुष गरी १० जना तथा कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जनामा कोरोना पुष्टि भएको प्रबक्ता गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।
यता धनगढीमा भएको परीक्षणमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडाकेदार गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालको दैनिक प्रेस नोटमा उल्लेख गरिएको छ ।यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या २ हजार ७ सय ७२ पुगेको छ।