धनगढी-डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एभरेष्ट बैंक सुदूर पश्चिम प्रदेश कार्यालय तथा शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले ५० हजार रुपैया सहयोग गरेका छन् ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाजद्धारा जारी अभियानमा एभरेष्ट बैंकका तर्फबाट कर्मचारीहरुले ५० हजार रुपैया सहयोग गरेका हुन् ।
एभरेष्ट बैंकको प्रादेशिक कार्यालय र बझाङको सुर्मा, तल्कोट र चैनपुर, डोटीको दीपायल, शिखर, कैलालीको टीकापुर, लम्की, बौनिया, सुख्खड, अत्तरीया, कञ्चनपुरको झलारी,महेन्द्रनगर लगायतका शाखाका कर्मचारीहरुले पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेका हुन् ।
सामाजिक उत्तरदायित्व बहन गर्दै एभरेष्ट बैंकका कर्मचारीहरुले डडेल्धुरामा पीसीआर मेसिन स्थापनका लागि सहयोग गरेको बैंकका प्रादेशिक प्रमुख सतिश प्रताप सिंहले बताए ।
एभरेष्ट बैंक सुदूर पश्चिम प्रादेशिक कार्यालयले यसअघि पनि कोरोनाको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई सहयोग गरेको थियो ।
कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाको सुबिधा लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाले डडेलधुरामा पीसीआर स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ ।