अत्तरिया - नेकपाकी प्रदेश सांसद पूर्णा जोशीले सुदुरपश्चिम प्रदेश सभा अबरोध गर्नुको कुनै अर्थ नरहेको बताउनु भएको छ । गोदावरी एफ .एम को नियमित कार्यक्रम कोरोना बिषेशमा कुराकानी गर्दै उनले प्रतिपक्षको माग नै प्रष्ट नभएको बताईन् ।
'खास एण्जेडा माग हुनुपञ्र्यो नि , खाली संसद अबरुद्ध गर्ने भन्यो भयो' उनले भनिन् - ' प्रतिपक्ष दलका माग के भने कोरोनाको दायारा बढाउ , परिक्षण बिना घर नपठाउ र एम्बुलेन्समा अनिमियतता भयो , यो त हामीले पनि भनिरहेका छौ नी ।'
उनले यो समस्या सबैको साझा समस्या नै भएकाले यस तर्फ सत्ता पक्षका सांदसहरुले पनि आबाज उठाइरहेको बताइन् । संसद अबरुद्ध गरेर मात्रै समस्या समाधान नहुने बताउदै उनले सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याएइसकेपछि प्रतिपक्षले बजेटमा अधारित कुराहरुको उठान र छलफल गर्नुपर्नेमा आफ्नो बुझाइ रहेको बताइन् ।
बजेट माथि छलफल गर्ने पहिलो दिन नै प्रतिपक्षले संसद अबरुद्ध गरेकाले उनीहरुका माग बजेटमा आधारित भन्दा पनि पछाडी तिरको बितिसकेका कुराहरुलाई दोहोरीरहेको बताइन् । उनले प्रतिपक्षले ठोस योजना ल्याएर आधारिक रुपमा छलफल र निकास निकाल्न सकिने बताइन् । उहाँहरुका माग सरकारसंग हो भने आफ्ना कुरा सरकारसंग राख्ने र सरकारले पनि त्यस तर्फ गम्भिर बन्नुपर्ने उनको भनाई छ ।
यस्तै उनले प्रदेश सरकार कोरोना नियन्त्रणका लागि निरन्तर लागि रहेको भएपनि प्रयाप्त तयारी भने हुन नसकेको बताइन् । नेपाल र भारत दुवै तर्फ लकडाउन भएको अबस्थामा भारतमा अलपत्र परेका नेपालीहरुलाई ब्यबस्थित तरिकाले ल्याउन नसक्नुले नै अहिले समुदाय स्तरमा संक्रमणको दर बढिरहेको उनल बताइन् ।
उनले भारतमा समुदाय स्तरमा संक्रमण बढिरहेको र भारतमा रहेका सुदूरपश्चिमका धेरै नेपाल नागरिकहरु फर्किने तयारीमा रहेका बेला संघ र प्रदेश सरकारको ब्यबस्थापिक कमीकमजोरी र अब्यबस्थापनका कारण अहिले समस्या भैरहेको बताइन् ।
उनले अझै पनि कोरोना कहिले सम्म रहन्छ भन्ने कुनै पूर्वजानकारी वा अनुमाग गर्न सकिने अबस्था नरहेकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि नागरिक सर्तकता र सरकारको ब्यबस्थापन अझै आवश्यक रहेको बताईन् । उनले यस तर्फ प्रदेश सरकार , स्थानिय सरकार र स्वयम आम नागरिकहरु सचेत बन्नुपर्ने अबस्था रहेको बताईन् ।