काठमाडौँ — थप १ सय २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी मुलुकभर १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोनाबा निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।
२४ घन्टामा डिस्चार्ज हुनेहरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १ , पर्साका २३ , अल्पमाई नर्सिङ इन्स्टिच्युटबाट १३ , कोभिड अस्पताल जनकपुरबाट धनुषाका ३ , महेन्द्र गेनाइ सिरहाबाट १४ , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कास्कीका २, म्याग्दी अस्पतालबाट ३ , पर्वत अस्पतालबाट ८ , स्याङजा अस्पतालबाट ३३ , तनहुँ अस्पालबाट ५ , नुवाकोट अस्पतालबाट ८ , सुशील कोइरला प्रखर क्यान्सर अस्पतालबाट २ , आदर्शनगर आइसोलेसन सेन्टर बाँकेबाट ३ र आइसोलेसन सेन्टर खुजरा बाँकेबाट ३ जना डिस्चार्ज भएका हुन् ।
मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण भएका छन् । २४ घण्टामा १ हजार ८२२ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख २३ हजार ६३० परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ७ हजार ७९१ परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३६८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १० हजार ८५ जना रहेको छ ।
आज थपिए ४७६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १३,२४८ पुग्यो