धनगढी – सुदूरपश्चिममा सोमबार थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार धनगढी स्थित सेती कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा २७ जना, त्रिभुवन शिक्षण अस्पतालमा गरिएको परिक्षणमा ६६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा ३२ र चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएका परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पतालमा गरिएको परिक्षणमा बाजुराका २० महिला र ४६ पुरुष गरी ६६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा बाजुराकै ८ महिला र २४ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएका परिक्षणमा कैलालीका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार धनगढी स्थित सेती कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा १६ महिला र ११ पुरुष गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये
कैलालीको भजनीका ५ जना पुरुष, डोटीको पुर्वीचौकीमा ९ महिला, केआईसिहका २ महिला १ पुरुष गरी ३ जना, आदर्शका १ महिला र २ पुरुष गरी ३ जना रहेका छन । त्यस्तै डडेल्धुराको पर्शुरामका २ महिला, बाजुराको त्रिवेणीका १ महिला र १ पुरुष गरी २ जना, बैतडीको दशरतचन्द नगरपालिकाका १ महिला र २ पुरुष गरी ३ जना रहेका छन ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९८ पुगेको छ । संक्रमित मद्ये ६ जनामो मृत्यु भएको छ ।