धनगढी – सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा १ सय ११० जना, बिर अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा ६ जना, त्रिभुवन शिक्षण अस्पतालमा ८२ र धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा थप ३० कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा डोटीका ४६ जना, बैतडीका २४ जना, अछामका १३ जना, डडेल्धुरा र कैलालीका ८÷८ जना, बझाङ र बाजुराका ४÷४ जना, कन्चनपुरका ३ जना रहेका छन ।
त्यस्तै बिर अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा बझाङका ४ र डोटीका २ जनामा कोरोना संक्रमण देखिएको छ । त्रिभुवन शिक्षण अस्पतालमा गरिएको परिक्षणमा बाजुराका ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसअघि धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा आजै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कैलालीको लम्कीचुहाका १४ जना, भजनीका १ जना, स्थानिय तह नखुलेका कैलालीकै २ जना रहेका छन । त्यस्तै डोटीका १३ जना रहेका छन ।
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ हजार ९० पुगेको छ । संक्रमित मद्ये ६ जनामो मृत्यु भएको छ ।