अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिका भित्र चालु आर्थिक बर्षमा निर्माणाधिन अबस्थामा रहेका आयोजनाहरुको अनुगमन गरेका छन् । मंगलबार वडा नम्बर ४, ६, ८ र ९ का विभिन्न निर्माणाधिन आयोजनाहरुको अनुगमन गरेकोमा आज वडा नं ३ र १० का आयोजनाहरुको अनुगमन गरेका हुन् ।
गोदावरी नगरपालीकाका प्रमुख हरि सिँ साउँद, उपप्रमुख रत्ना कडायत, प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट, कार्यपालीका सदस्य ईश्वरा आचार्य, नगरपालीकाका प्राविधिक, कर्मचारी र पत्रकारहरु लगायतको टोलीले विभिन्न वडाहरुमा निर्माण भईरहेका आयोजनाहरुको अनुगमन गरेको हो । अनुगमन पश्चात बोल्दै नगरप्रमुख साउँदले अनुगमन गरिएका सम्पुर्ण आयोजनाहरुको सन्तोषजनक नै रहेको रहेको बताए ।

अनुगमनका क्रममा निर्माणाधिन आयोजनाहरुमा निर्माण समितिहरुलाई भेटी उनिहरुसँग गुणस्तरिय निर्माणका लागी आवश्यक छलफल समेत गरेको उनले बताए । निर्माण भईरहेका आयोजनाहरुको विस्तृत विवरण सहितको बोर्ड धेरैजसो आयोजना निर्माणस्थलमा नराखिएको हुँदा स्थानियहरुलाई आयोजनाको बारेमा जानकारी दिने बोर्ड आयोजना निर्माणस्थलमा राख्न निर्माण समितिहरुलाई नगरप्रमुख साउँदले निर्देशन दिए ।

यसैगरी आयोजनाहरु मापदण्ड अनुसार निर्माण भईरहेका छन कि छैनन भन्ने बारेमा जनप्रतिनिधिहरु भन्दा स्थानियबासीहरुले बढि जानकारी राख्नुपर्ने उपप्रमुख रत्ना कडायतले बताइन् । आफ्नो ठाउँमा भईरहेको विकाश निर्माणको कार्यको बारेमा जानकारी पाउने अधिकार सम्पुर्ण स्थानियहरुलाई भएकोले त्यस्तो अधिकारको सदुपयोग गर्न उनले आग्रह गरिन् ।
मंगलबारदेखी सुरु भएको अनुगमनको कार्यलाई गोदावरी नगरपालीकाका सम्पुर्ण वडाहरुमा निर्माण भईरहेका आयोजनाहरुमा निरन्तरता दिइने नगरपालीकाले जनाएको छ ।