डोटी- शुक्रबार थप ६६ जनामा कोरोना पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताएका छन् ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार शुक्रबार थप भएका मध्ये पुर्बिचौकी गाउपालिकाका १९ जना,दिपायल शिलगढि नगरपालिकाका ८ जना, सायल गाउँपालिकाका ५ जना, शिखर नगरपालिकाका १६ जना,बडिकेदार गाउपालिकाका ६ जना र बोगटान फुड्सिल गाउपालिकामा १२ गरि जम्मा ६६ जनामा काेराेना संक्रमणकाे पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । शुक्रबार बोगटान फुड्सील गाउपालिकामा संक्रमित देखिए सँगै अब डोटीका सबै स्थानीय तहमा कोरोना पुष्टि भएको छ ।
डोटीमा हालसम्म सबै भन्दा बढी शिखर नगरपालिकाका ६२ जना, पूर्वीचौकी गाउँपालिकाका ६२ जना,दिपायल शिलगढी नगरपालिकाका ४१ जना,आदर्श गाउँपालिकाका ३७ जना,जना,सायल गाउँपालिकाका १५ जना, जोरायल गाउँपालिकाका १४, बोगटान फुड्सिल गाउपालिकाका १२ जना,बडीकेदार गाउँपालिकाका १० जना र केआइसिंह गाउँपालिका २ जना गरि २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु मध्य केआइसिंह गाउँपालिका ठेगाना भएका ४ जना कैलाली स्थित गौरीगंगा नगरपालिकामा रहेका छन् भने बाकी सबै सम्बन्धीत स्थानीय तहको आइसोलेशनमा रहेका छन् । डोटीमा रहेका २५५ जना संक्रमित मध्य ९२ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किका छन् । आइसोलेसनमा राखेको १४ दिन सम्म कुनै लक्षण नदेखिए पछि उनिहरुलाई दोस्रो पटक चेकजाँच नगरि पठाइएको हो डोटीका फोकल पर्शन सूर्य बिष्टले बताए ।
गत जेठ १९ गते १ पुरुषमा पहिलो कोरोना संक्रमण देखिए यता डोटीमा कोरोना संक्रमित हुनेहरुको कूल संख्या २ सय ५५ जना पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले डोटीले जनाएको छ ।