धनगढी – सुदूरपश्चिममा शुक्रबार थप २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा १ सय ८३ जना, भरतपुर अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा १ जना र धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा थप ३५ कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा डोटीका ४६ जना, कन्चनपुरका ४२ जना, कैलालीका ३० जना, बाजुराका २७ जना, बैतडीका २५ जना, बझाङका ९ जना, दाचुलाका ३ जना र अछामका १ जना रहेका छन ।
त्यस्तै भरतपुर अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा कैलालीका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसअघि धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा आजै ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कैलालीको चुरेका ५ जना, भजनीका २ जना, डोटीका २५ जना, बैतडीको पञ्चेश्वरका २ जना, कन्चनपुरको भिमदत्त नगरपालिकाका १ जना रहेका छन ।
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ५७ पुगेको छ । संक्रमित मद्ये ५ जनाको मृत्यु भएको छ ।