अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका कोरोना संक्रमितलाई विद्यालयलहरुमा बनाईएका आईसोलेसनमा राखिएको छ । नगरपालिकामा कोरोना संक्रमित मद्ये ९८ जनालाई ३ ओटा विद्यालयमा निर्माण गरिएका आईसोलेसनमा राखिएको हो ।
गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी माविको आधाभूत तहको भवनमा निर्माण गरिएको आईसोलेसनमा ४६ जना, सुदूरपश्चिम माविको आईसोलेसनमा ३२ जना र वडा नम्बर ३ मा रहेको नवज्योती आधारभूत विद्यालयको आईसोलेसनमा २० जनालाई राखिएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै संक्रमित मद्ये ४ जनालाई मालाखेती अस्पतालको आईसोलेसनमा राखिएको र ९ जना भने घरमै आईसोलेसनमा बसेको स्वास्थ्य शाखाका प्रमुख बिर बहादुर कुवँरले बताए । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । ‘सक्रमित सबैको अवस्था समान्य रहेको छ । सकैमा पनि कुनै लक्षण देखिएको छैन ।’ उनले भने ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले नगरपालिकाले १ सय ५० वेडको आईसोलेसन तयार गरेको बताए । उनले लक्षण नदेखिएकाहरुलाई विद्यालयमा तयार गरिएको आईसोलेसनमा राख्ने र कुनै लक्षण देखिए मालाखेती अस्पतालमा राख्ने गरी तयारी गरिएको बताए । उनले मालाखेती अस्पतालमा २० वेडको आईसोलेन तयारी अवस्थामा रहेको बताए । ‘अहिले मालाखेती अस्पतालमा रहेको २० वेडको आईसोसनको क्षमता बढाउने तयारी गरिएको छ ।’ उनले भने ‘संक्रमित मद्ये कसैमा लक्षण देखिए मालाखेती अस्पतालमा राखेर उपचार गर्ने गरी तयारी गरेका छौ ।’
गोदावरी नगरपालिकामा कोरोना संक्रमण देखिएका १ सय १३ जना मद्ये १ जनाको मृत्यु भएको छ भने १ जना निको भएर घर फर्किएका छन ।
संक्रमित मध्ये नगरपालिकाको वडा नम्बर १ मा २ महिला ७ पुरुष गरी ९ जना, वडा नम्बर २ मा ५ जना पुरुष, वडा नम्बर ३ मा ७ महिला र २० पुरुष गरी २७ जना, वडा नम्बर ४ मा ६ पुरुष, वडा नम्बर ५ मा १ महिला र ४ पुरुष गरी ५ जना , वडा नम्बर ७ मा १२ पुरुष र ३ महिला गरी १५ जना, वडा नम्बर १० मा १ पुरुष र १ महिला गरी २ जना, वडा नम्बर ११ मा १ जना र वडा नम्बर १२ मा १५ महिला र २८ पुरुष गरी ४३ जना रहेका छन ।