अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ९ वटा वडामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ २४ गते पहिलो पटक कोरोना संक्रमण देखिएको नगरपालिकामा बुधबार सम्ममा ९ वडामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । नगरपालिकामा अहिले संक्रमितको संख्या १ सय १३ पुगको छ । जसमा आज मात्रै मात्रै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज थपिएका संक्रमितहरु मद्ये वडा नम्बर १ का ५० बर्षिय महिला र २१ बर्षिय पुरुष गरी २ जना, वडा नम्बर २ का २१, २७, २१ र २७ बर्षिय पुरुष गरी ४ जना, वडा नम्बर ४ का २०, ३८, ४३ , ३५, २६ र १९ बर्षिय पुरुष गरी ६ जना, वडा नम्बर ५ का १८, २२ , ३२ , ५२ बर्षिय पुरुष र ४८ बर्षिय महिला गरी ५ जना र वडा नम्बर ७ का २६, ३१, ३७, ३२, ३६, ३२, ८, ३८, २४, ५४, ४०, २३, पुरुष र ३०, ५, ५० , महिला गरी १५ जना रहेका छन ।
नगरपालिकाको स्वास्थ्य साखाका अनुसार संक्रमित मध्ये नगरपालिकाको वडा नम्बर १ मा २ महिला ७ पुरुष गरी ९ जना, वडा नम्बर २ मा ५ जना पुरुष, वडा नम्बर ३ मा ७ महिला र २० पुरुष गरी २७ जना, वडा नम्बर ४ मा ६ पुरुष, वडा नम्बर ५ मा १ महिला र ४ पुरुष गरी ५ जना , वडा नम्बर ७ मा १२ पुरुष र ३ महिला गरी १५ जना, वडा नम्बर १० मा १ पुरुष र १ महिला गरी २ जना, वडा नम्बर ११ मा १ जना र वडा नम्बर १२ मा १५ महिला र २८ पुरुष गरी ४३ जना रहेका छन ।
१२ ओटा वडा रहेको गोदावरी नगरपालिकामा वडा नम्बर ६, ८ र ९ मा कोरोना संक्रमित देखिएका छैनन् । नगरपालिकामा कोरोना संक्रमित मद्ये १ जनाको मृत्यु भएको छ भने एक जना निको भएर घर फर्किएका छन ।