अत्तरिया – कैलालीको गोदावरी नरपालिकामा एकैदिन बुधबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार आज थपिएका संक्रमित मद्ये ४ जना महिला र २८ जना पुरुष रहेका छन ।
संक्रमितहरु मद्ये वडा नम्बर १ का ५० बर्षिय महिला र २१ बर्षिय पुरुष गरी २ जना, वडा नम्बर २ का २१, २७, २१ र २७ बर्षिय पुरुष गरी ४ जना, वडा नम्बर ४ का २०, ३८, ४३ , ३५, २६ र १९ बर्षिय पुरुष गरी ६ जना, वडा नम्बर ५ का १८, २२ , ३२ , ५२ बर्षिय पुरुष र ४८ बर्षिय महिला गरी ५ जना र वडा नम्बर ७ का २६, ३१, ३७, ३२, ३६, ३२, ८, ३८, २४, ५४, ४०, २३, पुरुष र ३०, ५, ५० महिला गरी १५ जना रहेका छन ।
यो संगै गोदावरी नगरपालिकामा संक्रमितको संख्या ११३ पुगको छ । संक्रमित मद्ये १ जना निको भएर घर फर्किएका छन भने १ जनाको मृत्यु भईसकेको छ ।