अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा मंगलबार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोदावरी नगरपालिकामा एकै दिन यति धेरै संख्यामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण देखिएका सबै जना भारतबाट आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य साखा प्रमुख बिर बहादुर कुवँरका अनुसार उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
नगरपालिकाले भारतबाट आएकाहरुको आरडिटी परिक्षण गरेकोमा उनीहरु मद्ये आरडिटी पोजेटिभ आएकाहरुको पीसीआर परिक्षणका लागि स्वाव संकलन गर्दै आएको छ । सोहि क्रममा असार ६ गते गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ मा ६४ जनाको स्वाव संकलन गरी धनगढी प्रयोगशालामा पठाएकोमा उनीहरु मद्ये ४४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य साखा प्रमुख कुवँरका अनुसार संक्रमित मद्ये ४३ जना नगरपालिकाको वडा नम्बर १२ र रहेका छन भने १ जना मात्रै वडा नम्बर ११ का रहेका छन ।
आज थपिएका संक्रमित मद्ये ५ महिने शिशु, ३ र ४ बर्षकी बालीका र ४, ८, १० र १० बर्षका बालक रहेका छन । त्यस्तै ३१, २५, २४, ३०, २३, २२ , ६५, २१, २५, २१, ३० र ३९ बर्षीय महिला र ५९, २९, २३, २१, ३०, २७, २८, १८, १९, २८, ३७, ३०, ३४, १८, २४, २२, २४, ३१, २४, ३०, २५, १८, ३०, २३ र ४० बर्षका पुरुष रहेका छन ।
यो संगै गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । जसमा एक जनाको मृत्यु भएको छ भने १ जना निको भएर घर फर्किएका छन ।