अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा मंगलबार थपिएका कोरोना संक्रमित ४४ जनमद्ये ७ जना बालबालिका समेत रहेका छन । धनगढीमा गरिएको परिक्षणमा नरपालिकाका ५ महिने शिशु, ३ र ४ बर्षकी बालीका र ४, ८, १० र १० बर्षका बालक रहेका छन ।
संक्रमितहरुको वडाको विवरण भने खुल्न सकेको छैन । गोदावरी नगरपालिका स्वास्थ्य शाखाले संक्रमितको वडाको विवरण खुल्न नसकेको जनाएको छ ।
थपिएका अन्य संक्रमितहरुमा ३१, २५, २४, ३०, २३, २२ , ६५, २१, २५, २१, ३० र ३९ बर्षीय महिला रहेका छन । त्यस्तै ५९, २९, २३, २१, ३०, २७, २८, १८, १९, २८, ३७, ३०, ३४, १८, २४, २२, २४, ३१, २४, ३०, २५, १८, ३०, २३ र ४० बर्षका पुरुष रहेको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।
यो संगै गोदावरी नगरपालिकामा संक्रमितको संख्या ८१ पुगको छ । संक्रमित मद्ये १ जना निको भएर घर फर्किएका छन भने १ जनाको मृत्यु भईसकेको छ ।