धनगढी – धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कैलालीका २२, डडेल्धुराका ३, बझाङका ३, अछामका ५ , कन्चनपुरका ८ जना रहेको छन ।
कैलालीमा कोरोना संक्रमिण थपिएका मद्ये २१ जना धनगढी उप महानगरपालिका र १ जना भजनीका रहेका छन । त्यस्तै कन्चनुरमा थपिएका ८ संक्रमित मद्ये बेदकोटका १ जना, शुक्लाफाटाका ४ जना, भिमदत्त नगपालिकाका १ जना, पुनर्वासका १ जना रहेका छन ।
बझाङमा कोरोनाा संक्रमण थपिएका ३ जना बुंगलका रहेका छन भने डडेल्धुरामा थपिएका ३ जना गन्यापुरका रहेका छन । अछाममा थपिएका ५ जनाको भने स्थानिय तहको नाम खुलाईएको छैन ।
यसअघि आजै काठमाण्डौंमा गरिएको परिक्षणमा कैलालीका १ महिला र ५७ पूरुष गरी ५८ जना, डडेल्धुराका ५ महिला र १० पुरुष गरी १५ जना, डोटीका ४ महिला, ३ पुरुष गरी ७ जना, अछामका २ जना, बैतडीमा १ महिला र १३ पुरुष गरी १४ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन जानकारी दिईएको थियो ।
यो संगै सोमबार मात्रै सुदूरपश्चिममा १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४४ जना पुगेको छ ।