धनगढी – सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार काठमाण्डौंमा गरिएको परिक्षणका सुदूरपश्चिमका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने धनगढीमा गरिएको परिक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाण्डौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डोटीका २ महिला, १४ पुरुष गरी १६ जना, कैलालीका ३ पुरुष, डडेल्धुरामा ३ महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन जानकारी दिईएको छ ।
धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा कैलाली, डोटीका, कञ्चनपुर, बाजुरा, डडेल्धुरा र बैतडीका रहेका छन्।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कैलालीका २९ जना, डोटीका ५ जना, कञ्चनपुरका ३ जना, बाजुरा, डडेल्धुरा र बैतडीका २/२ जना रहेका छन् ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार ७ जना पुगेको छ ।