काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २, सुनसरीका २, धनुषाका ८, महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्घाखाँचीका ७४, डढेलधुराका ४१, डोटीका २७, गुल्मीका ५, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासीका २४, नुवाकोटका १, प्युठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५, सिराहाका ५२, ललितपुरका १, पाल्पाका २, कञ्चनपुरका १ र बागलुङका २ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका १, स्याङजाका १०, बागलुङका २१, मुस्ताङका १, म्याग्दीका ४, पर्वतका २, तनहुँका ४, गुल्मीका २, पाल्पाका २, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २ र बझाङका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबार सम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् । कोरोना निको भएर घर फर्किनेहरूको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।