काठमाण्डौ - आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान १० बजेर ५० मिनेटमा स्पर्श गर्नेछ ग्रहणले मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्य र अपराह्न २ बजेर २३ मिनेटमा पूर्ण रुपमा मोक्ष प्राप्त गर्ने छ ।
नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देख्न सकिनेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।
चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ। मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ। आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रूपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्छ ।
सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ। ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । ग्रहण लागेको हेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्छ ।
आजको ग्रहणले कुन राशीलाई कति प्रभाव पार्नेछ
मेषः श्रीप्राप्ति हुनेछ ।
वृषः क्षति हुनेछ ।
मिथुनः घात हुनेछ ।
कर्कटः व्यय बढुनेछ ।
सिंहः लाभ
कन्याः सुख प्राप्त हुनेछ ।
तुलाः माननाश हुनेछ ।
वृश्चिकः कष्टम हुनेछ ।
धनुः स्त्रीहरूलाई पीडा र पुरुषको हकमा स्त्रीले पीडा दिनेछन् ।
मकरः सुख प्राप्त हुनेछ ।
कुम्भः चिन्ता बढाउनेछ ।
मीनः व्यथा बढाउनेछ ।