अत्तरिया – सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्न थालेको छ । निकै सुस्त गतिमा परिक्षण भईरहेको सुदूरपश्चिममा पछिल्लो समय स्वाव परिक्षणका लागि काठमाण्डौं पठाईएपछि संक्रमितको संख्या तिब्र गतिमा बढेको हो ।
सुदूरपश्चिममा जेठ महिनाको अन्त्य सम्ममा २ सय ४८ जना कोरोना संक्रमित रहेकोमा असार महिनाको असार महिना यता मात्रै ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमद्ये ३ सय ७० जनाको कोरोना पोजेटिभ प्रदेश बाहिर गरिएको परिक्षणमा पुष्टि भएको हो भने १ सय ५२ जनाको धनगढीमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
जसमा असार महिनाको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३१ जना, ४ गते २ सय ३८ जना र ५ गते १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको शुक्रबार साँझ सम्मको तथ्याङ्क अनुसार प्रदेशमा कुल संक्रमितको संख्या ७७० पुगको छ । जसमद्ये १ सय २४ जना निको भएर घर फर्किसकेका छन भने ४ जनाको मृत्यु भएको छ ।
प्रदेश सरकारको तथ्याङ्क अनुसार कोरोना संक्रमित मद्ये कैलाली २०८, कंचनपुर ९५, डडेल्धुरा १३१, डोटी ५७, अछाम ५९, बाजुरा ६९, बैतडी १२०, बझाङ १९ र दार्चुला १२ जना रहेका छन ।