महेन्द्रनगर-भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु भएको छ । स्थानिय तह निर्वाचनपछि यो बजेट सहित तेस्रो सभा छ । नगर सभाबाट आगामी आर्थिक बर्ष २०७७/०७८ को बार्षिक निति, कार्यक्रम तथा बजेट पारित गरिने छ ।
नगर सभामा आगामी बर्षका लागी एक अर्ब ४६ करोड ७५ बजेट सहित निति कार्यक्रम पेश गरिएको छ ।कोरोना महामारीलाई मध्यनजर गरि स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर निति, कार्यक्रम र बजेट बनाइएको छ । गत बर्ष एक अर्ब ३० करोड बजेट बिनियोजन गरिएको थियो । नगर उप प्रमुख सुशिला चन्द सिंहले निति, कार्यक्रम बजेट प्रस्तुत गरेकी छ्न ।
अहिले निति कार्यक्रम तथा बजेटमाथी छलफल गरिएको छ ।नगर सभालाई सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु प्रकाश रावल, मान बहादुर सुनार र लाल बहादुर खडकाले सम्बोधन गरेका छन ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले नगर सभाको अध्यक्षता गरेका छ्न । उनले कोरोना महामारीका कारण उत्पन्न संकटलाई मध्यनजर गरि आगामी वर्षको निति, कार्यक्रम बजेट पेश गरिएको बताए ।
बजेटमा एक सहकारी एक उत्पादन, गरिब पहिचान, योग खेलकुद कार्यक्रम, एक वडा एक उत्पादन, करेसाबरी निर्माण लगायतका नया कार्यक्रम समाबेश गरिएका छ्न ।