धनगढी – सुदूरपश्चिममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार थप ३१ जना र काठमाण्डौं प्रयोगशालामा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कैलालीका २०, डोटीका ५, कञ्चनपुर, बझाङ र अछामका २/२ जनामा रहेका छन ।
भने काठमाण्डौमा गरिएको परिक्षणमा कैलालीका थप एक जनामा कोरोना संक्रमण देखिएको हो । सेतीमा गरिएको परिक्षणका कैलालीका संक्रमितमा ३५ बर्षिय महिला, २७,४०,२०,३०,२२,२३,२३,४२,९, ४०, ३०, २०, २५, २५, ३२, २७ र २६ बर्षका पुरुष रहेका छन । त्यस्तै भजनीका १९ र ३३ बर्षका पुरुष छन ।
डोटीको दिपायल सिलगढी नगरपालिकाका २०, ४८, २७, ३२ र ४६ बर्षिय पुरुष रहेका छन । त्यस्तै कन्चनपुरको शुक्लाफांटाका २१ र ३५ बर्षिय पुरुष, बझाङ थलारा ३ का १० बर्षिय महिला र बझाङकै खप्तड ३ का ७० बर्षिय पुरुष रहेका छन । त्यस्तै अछाम मेल्लेखका २ बर्षिय बालिका र २९ बर्षिय पुरुष रहेका छन ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ सय ७८ पुगको छ ।