अत्तरिया - गोदावरी होटल ब्यबसायी संघ अत्तरियाले जिल्ला प्रशासन कार्यालय कैलाली र गोदावरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । गोदावरी होटल ब्यबसायी संघकी अध्यक्ष धना चोखालको नेतृत्वमा गएकोे टोलीले मंगलबार बिभिन्न १० बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र गोदावरी नगरपालिका नगरप्रमुख हरि सिं साउदँलाई ज्ञापन पत्र बुझाएको हो ।
कोरोनाको महामारी र त्यसपछि झण्डै तिन महिना जारी लकडाउनका कारण होटल ब्यबसायीहरु सबै भन्दा बढी मारमा परेको गोदावरी होटल ब्यबसाय संघकी अध्यक्ष धना चोखालले बताइन् ।
१० अर्बको लगानी लगाएर १६ हजार जनालाई प्रत्यक्ष रोजगारी दिदै दैनिक २ करोड ८० लाखको कोरोबार गर्दै आएका कैलालीका होटल ब्यवसायीहरुको लगानी जोखिममा रहेको बताउदै संघले होटल ब्यबसायलाई राहत अनुभुति हुने खालका सहुलियत अनुसार तथा दायित्व उपलब्ध गराउन माग गर्दै आज ज्ञापन पत्र बुझाएको हो ।
उक्त ज्ञापन पत्रमा गोदावरी नगरपालिका भित्र रहेका क्वारेन्टाइन तथा आइसोलेसनमा बसेकाहरुलाई खाजा र नास्ताको उचित मूल्यमा उपलब्ध गर्ने बतावरण बनाउन , लकडाउनको अबधि सम्मको ब्यबसायीहरुले प्रयोग गर्दै आएको बिधुतमा लाग्ने चार्ज छुट गर्न , ब्यवसायीहरुको घर बहाल पूर्ण छुट गर्न , बैकको ब्याजदर मिनाह तथा पूर्ण कर्जा न्युनतम ब्याजमा कर्जाल प्रवह गर्न र पर्यटकिय क्षेत्रलाई पुर्नताजकि बनाउन सरकारले दुई बर्षको बिषेश प्याकेज तयार गरी राहत उपलब्ध गराउन माग गरिएको छ ।
यस्तै कृषि क्षेत्रमा गरिएको लगानी जस्तै पर्यटकिय क्षेत्र पनि अनुदानको ब्यबस्था र न्युनतम ब्याजमा रिण प्रवाह , भौगोलिक क्षेत्रको अधारमा पर्यटकिय क्षेत्रको र जिल्लाको मुल्याङकन राहत उपलब्ध गराउन , पर्यटकिय क्षेत्रमा होटल ब्यवसायीहरु आर्थिक बर्ष २०७६÷७७ को आन्तरिक राजश्व कार्यालय र स्थानिय निकायमा दाखिल गर्नुपर्ने सबै प्रकारका करहरु छुट गरि प्रमाण पत्र नविकरण गर्ने ब्यबस्था मिलाउन , लकडाउनले अस्तब्यस्त रहेको होटलहरु निश्चित निति निर्देशन नियमावली तर्जुमा गरि होटल संचालन वाताबरण मिलाउन र होटलमा कार्यरत धेरै मजदुरहरुको रोजीरोटी बन्द भएकाले उनीहरुलाई पनि सरकारका तर्फवाट उचित राहत मिलाई ब्यबस्थापन गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।