काठमाडौं – काठमाण्डौं उपत्यका लगायतका देशका विभिन्न भूभागमा अहिले वर्षा भइरहेको छ । नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार अहिले प्रदेश नं ५ का थोरै भु(भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का धेरै भुभागहरुमा वर्षा भइरहेको छ।
मंगलवार दिउँसो सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ ।
महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलवार राती सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने महाशाखाको भनाइ छ ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलवार देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको भन्दै महाशाखाले भारी वर्षाका कारण कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने , सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेको सर्तकता अपनाउन अपिल गरेको छ ।
महाशाखाले यात्रा गर्दा तथा नदीतटिय क्षेत्रका कृयाकलाप गर्दा सतर्कता अपनाउन अपिल गरेको छ ।