अत्तरिया – कर्ड ईन्जुरी भएर कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत योगेन्द्र खड्कालाई आर्थिक सहयोग गरिएको छ । सामासेवी एवम राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा पुर्व केन्द्रिय सदस्य मान बहादुर साउँदको पहलमा २० हजार २ सय २६ रुपियाँ सहयोग गरिएको हो ।
डोटीको बाझककानी सालगाउँ घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बस्दै आएका ३५ वर्षीय खड्का ७ बर्ष अगाडी दुर्घटनामा परेका भएपनि केहिदिन देखि कम्मर मुनीको पूरै अङ्गहरु नचल्ने भएपछि अस्पतालमा भर्ना भएका छन । खड्काको २०६९ पौष १३ गते सुर्खेतमा बस दुर्घटनामा परी मेरुदण्डमा गम्भीर चोट लागेको थियो । उनको आर्थिक अवस्था कमजोर भएकाले अहिले आर्थिक संकलन अभियान संचालन गरिएको छ ।
सोहि अभियान अन्तरगत सामाजसेवि साउँदले आर्थिक संकलन गरी खड्काको उपाचारका लागि रकम सहयोग गरेको बताए । उनले अभियानमा धनगढीका जयराज ओझाबाट ४००५, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला भट्ट मिश्रबाट ३०००, गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतबाट २००५, गोदावरीकै पुष्पा रोकायाबाट २००५, काठमाण्डौंका भोजराज श्रेष्ठबाट २००५, अत्तरियाका प्रमोद अधिकारीबाट ११११, धनकला सि ठकुरी ११००, मान बहादुर साउँद १००५, डवल सि साउँदबाट १००५, अनिल मल्लबाट ५०५, देबि साउदबाट २०५, बिष्णुदेब जोशीबाट २०५, मन बहादुर राईबाट २०५, मोहन्यालका नरेन्द्र प्रशाद जैशिबाट १००५ र धनगढीका रामलाल चौधरीबाट २०५, राम चन्द्र जोशिबाट १५०, धर्मराज ओझाबाट ५०५ रुपैयाँ सहयोग संकलन भएको बताए ।
उनले संकलन भएको रकम अस्पतालमै गएर खड्कालाई सहयोग गरिएको बताए ।