अत्तरिया - सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले अत्तरिया क्षेत्रका बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई स्वाथ्य सामाग्रीहरु वितरण गरेकी छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका संक्रमितहरु नेपालमा पनि बढ्दै गएको बेला जनतालाई सुसुचित गराउन फ्रन्टलाई उभिएर काम गरिरहेको भन्दै आफ्नो ब्यक्तिगत तर्फवाटमा पत्रकारहरुलाई स्वास्थ्य समाग्रीहरु वितरण गरेकी हुन् ।
आज एक अनौपाचारिक कार्यक्रमका बिच अत्तरियाको रेडियो , पत्रपत्रिका र अनलाईनमा कार्यरत पत्रकारहरुलाई एन ९५ मास्क , सर्जिकल मास्क , सेनेटाइनजर लगाएतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो । यस्तै समाचार संकलनमा जादा मोबाईलमा रिचार्जको सुविधाबाट बन्चित भएको भन्दै सबैलाई रिचार्ज कार्ड समेत उपलब्ध गराइएको थियो ।
सोही क्रममा बोल्दै प्रदेश सांसद चौधरीले जनतालाई समाजमा भए गरेका काम र कोरोना सम्बन्धि भएका गतिबिधिहरुलाई निरन्तर रुपमा रिपोटिङ गर्दै जनता माझ पञ्याउदै आएका पत्रकारहरुलाई सानो भएपनि स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको बताइन् । उनले कोरोनाको कहरका बिच जनतालाई सही र ताजा खबरहरु आदान प्रदान गर्न सञ्चार माध्यामहरुको ठूलो भूमिका रहेको बताइन् ।
उनले अहिले देशमा कोरोनाको संक्रमण बढीरहेको र लकडाउन पनि खुकुलो हुदाँ थप जोखिम भएकाले बिषेश सर्तकता अपनाएर रिपोटिङ गर्न पत्रकारहरुलाई सुझाव दिइन् । फरक प्रशंगमा बोल्दै सांसद चौधरीले कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले आफ्नो तर्फवाट निरन्तर रुपमा काम गरिरहेको बताइन् ।
उनले अहिले धनगढीमा एउटा मात्रै प्रयोगशाला हुदाँ पिसिआर परिक्षणमा केही ढिलाई भैरहेकाले अब चाडै संघिय सरकारवाट अन्य ठाउँमा पनि कोरोना परिक्षणका लागि पिसिआर मेसिन जडान गर्ने तयारी भैरहेको बताइन् ।
उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको रहेकोले कसैले पनि एक इञ्च मिच्न नपाउने बताइन् । यस्तै गोेदावरीलाई प्रदेशको राजधानी घोषणा गरेको लामो समय भैसक्दा पनि संरचना बन्न नसकेको अबस्थामा अब भने चाडै यसको काम अगाडी बढ्ने बताइन् ।