बाजुरा - जिल्लाको गौमुल गाउँपालिकाको क्वारेनटाइनमा रहेकालाई योग अभ्यास र औषधि वितरण गरेका छन । गौमुल गाउँपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको सहयोगमा क्वारेनटाइनमा रहेकालाई योग अध्यास र निशुल्क औषधि बितरण गरिएको छ ।
क्वारेनटाइनमा बसेकालाई आयुर्वेद औषधि बितरण सँगै तनाब ब्यबस्थापन, मनोवल गराउन योग सम्बन्धि जानकारी तथा योग गराउने काम भएको गौमुल गाउँपालीका अध्यक्ष हरि रोकायाले बताए । कोभिड १९ को बेला प्रतिरक्षात्मक बढाउनका लागि योग अभ्यास र आयुर्वेद औषधि वितरण गरेको कार्यलय अध्यक्ष रोकायाले बताए ।
औषधि वितरण र योग सम्बन्धि जानकारी गर्नुले क्वारेनटाइनमा बसेकालाई ठुलो सहयोग हुने वताएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले गरेको यो अभियान अहिले आबश्यक पनि रहेको रोकायाले बताए । गौमुल गाँउपालिकाको किर्तिचौर उ मा बि क्वारेनटाइनमा रहेका २ सय १२ जनालाई शुक्रवार औषधि सँगै योग अभ्यास गराईएको कार्यलयले जनाएको छ ।
क्वारेनटाइनमा रहेकालाई औषधि सँगै १२ चरणका योग अभ्यास गराईएको थियो । त्यस्तै बडिमालिका नगरपालिकाको बाजुरा क्याम्पस पनि योग अभ्यास सँगै औषधि बितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख दीक्षा भण्डारीले बताए । क्वारेनटाइनमा बस्दा तनाब मुक्त गर्न र त्यो सँगै शरिरमा प्रतिरक्षात्मक क्षमता बढाउनका लागि औषधि बितरण गरिएको हो ।
यो बेला मानसिक रुपमा पनि उपचार चाहिन्छ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकी कर्मचारी निशा कुवरले वताएकी छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले पछिल्लो समयमा बाजुरामा उपचार सेवा प्रभाबकारी दिदै आएको छ । आयुर्वेद अस्पतालमा बाथ, अम्लपत्ति, दम, खोकी, पिनास, ग्याषटाईट्रिक, पाइलस, छाला रोग, स्त्री रोग, उच्च रक्तचाप लगायतका रोगहरुको उपचार हुने गरेको कुवरले बताए ।