अत्तरिया - सामाजिक संजालवाट जोडिएको सुदूरपश्चिमका युवाहरुको समुह फारेबेष्ट मेन्स रुम ग्रुपले आज पनि अत्तरियामा सरकारका बिरुद्ध प्रर्दशन गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सम्पूर्ण तयारी पुरा भैसकेको बताउदै आएको सरकारले अहिले संक्रमितको संख्या बढ्दै जादा क्वारेन्टाइन , आईसोलेसनको ब्यबस्थापन तथा चेकजाचमा निकै लापरबाही गरिरहेको भन्दै उनीहरुले सरकारका बिरुद्ध प्रर्दशन गरेका हुन् ।
अहिले भारत तथा तेस्रो मुलुकवाट लाखौ नेपालीहरु स्वदेश फर्किएको भएपनि उनीहरुको उचित ब्यबस्थापन गर्न नसकि विश्वसनिय नै नभएको आरडिटी परिक्षण गरेर धमाधम आफ्नो घर पठाइरहेको प्रर्दशनमा सहभागी युवाहरुले बताएका छन् । उनीहरुले यो बिषय परिस्थितमा घरमै सुरक्षित बस्ने चाहाना हुदा हुदै पनि सरकारका गलत गतिबिधिहरु देखेर बाध्य भई सडकमा उत्रिनु परेका बताए ।
फारेबेष्ट मेन्स रुम गु्रपका एडमिन लोकेन्द्र भाटले यो बेला आफुहरुलाई सडकमा आएर प्रर्दशन गर्नुपर्ने कुनै रहर नभएको बताए । उनले सरकारको लापरबाहीले गर्दा सर्वसाधारण जनताले भोग्नुपरेको समस्या र दुखप्रति सरकारको ध्यानाकर्षण र खबदारी गर्न मात्र आफुहरु सडकमा आएको बताए ।
देश कोरोनाको महामारीसंग लडिरहेका बेला पछिल्लो समय देशमा भ्रष्टाचार बढेको, क्वारेन्टाईनमा बसेकाहरुको उचित ब्यबस्थापन हुन नसकेको र कोरोना परिक्षणमा भैरहेको ढिलाईप्रति सरकारको ध्यानकर्षण गराउन आफुहरु प्रर्दशनमा उत्रिएको उनको भनाई छ । उक्त गु्रपको मुख्य नारा नै विकासमा रोक पिसिआरमा जोड भन्ने रहेको छ ।
प्रर्दशनमा सहभागीहरुले बोकेका प्लेकार्डमा विकासमा रोक पिसिआरमा जोड , खोई पिसिआर खोई सरकार , सरकार तेरो भ्रष्टचार जनतामाथि अत्यचार , १० अर्ब खै , ६ महिना जेल बसौला तर १० अर्बको हिसाब चाहिन्छ भन्ने जस्ता नाराहरु लेखिएका थिए । उनीहरुले गाँउ गाउँवाट उठ बस्ती बस्तीवाट उठ भन्ने गित गाउदै सरकारको गलत निर्णय प्रति आबाज उठाउन पनि सबै युवाहरुमा अनुरोध गरेका छन् । 




