अत्तरिया – बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन खुकुलो बनाउँदैं तोकिएका व्यपार, व्यसाय संचालन गर्न दिने निर्णय गरेपछि अत्तरिया बजारका पसल पनि संचालनमा आउन थालेका छन । सरकारले सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गर्ने, उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टर स्टोरहरु र रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा संचालन गर्न पाउने निर्णय गरेको थियो ।
उक्त निर्णय सरकारले बिहिबार शाँझ मात्रै सार्वजनिक गरेको थियो । सरकारको उक्त निर्णय र स्थानिय प्रशासनको अनुमति पछि आज अत्तरियाका पसल पनि खुल्न थालेका हुन ।
आज बजारका केहि कपडा, हार्डवेयर, ईलेक्ट्रिकल, मोबाईल लगायतका पसलहरु संचालनमा आएका छन । किराना, तरकारी फलफूल, औषधी पसल, भेटनरी पसल यसअघि पनि संचालन रहेका भएपनि अन्य व्यवसाय बन्द रहेका थिए । यसअघि बैंक तथा बित्तीय संस्थाहरुपनि निश्चित समयका लागि संचालन हुने गरेका थिए ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले केन्द्र सरकारको निर्णय र जिल्ला प्रशासन र स्थानिय तह संगको समन्वय पछि तोकिएको व्यवसाय संचालन गर्न सबैमा अनुरोध गरेको बताए ।
सम्बन्धित खबर : तोकिएका व्यवसाय संचालन गर्न अत्तरिया उद्योग बाणिज्य संघको आग्रह