धनगढी – सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये बाजुराका १८, कैलालीका ७ र बझाङका २ जना रहेका छन ।
बाजुराका संक्रमित मद्ये बुढिगंगाका १, १८, २१, २२, २६, ३६ , ४० र ४५ बर्षिय महिला र ४ दिनका शिशु सहित १४, २५, २५, ३०, ४२, ५०, ५१ र ५१ बर्षिय पुरुष रहेका छन । त्यस्तै बाजुराकै त्रिवेणीका ५० बर्षिय पुरुष रहेका छन ।
कैलालीका ७ संक्रमित मद्ये गौरिगैगा नगरपालिकाका २०, २३, २३, २४, २४ र २९ बर्षिय पुरुष रहेका छन भने एक ३० बर्षिय पुरुषको ठेगाना खुलाईएको छैन ।
त्यस्तै बझाङको थलाराका ३४ बर्षिय पुरुष र बिथ्थडरिचका ३० बर्षिय पुरुष रहेका छन । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।