अत्तरिया – सुदूरपश्चिममा ६६ हजार बढी क्वारेन्टाइनमा रहेका छन । जेठ महिना यता भारतबाट आएकाहरुमद्ये अहिले ६६ हजार १ सय १२ जना क्वारेन्टाईनमा रहेका छन । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार क्वारेन्टाईनमा रहेका मद्ये ५५ हजार ५ सय ८३ पुरुष र १० हजार ५ सय २९ महिला रहेका छन ।
क्वारेन्टाईनमा सबैभन्दा बढी कैलालीमा बसेका छन । कैलालीमा २१ हजार २ सय ५६ जना क्वारेन्टाइनमा रहेका छन । त्यस्तै त्यस्तै डोटीमा १० हजार ३ सय ६, अछाममा ९ हजार ३ सय ३६, कन्चनपुरमा ७ हजार १ सय ७४, बाजुरामा ५ हजार ३ सय ८९, बैतडीमा ४ हजार १ सय ५०, डडेल्धुरमा ३ हजार ८ सय ५८, बझाङमा ३ हजार २ सय ३७ र दार्चलामा १ हजार ४ सय ६ जना क्वारेन्टाइनमा रहेका छ ।
सुदूरपश्चिममा ७ हजार ९ सय बढीको पीसीआर परिक्षण
सुदूरपश्चिम प्रदेशमा बुधबार साँझ सम्मको तथ्याङ्क अनुसार पीसीआर बिधिबाट हालसम्म ७ हजार ९ सय बढीको कोरोना परिक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर बिधिबाट कुल परिक्षणको संख्या ७ हजार ९ सय ७५ पुगेको हो ।
पीसीआर बिधिबाट कोरोना परिक्षणका लागि अहिले सम्म ९ हजार ४ सय ८२ थ्रोट स्वाव नमूना संकलन गरिएकोमा १ हजार ४ सय ५९ नमूनाको नतिजा आउन बाकी रहेको छ ।
यस्तै सुदूरपशिमा आरडिटी बिधिबाट ४६ हजार १ सय १३ नमूना परिक्षण गरिएको छ । जसमद्ये २ हजार १ सय ७ नमूनाको रिपोर्ट पोजेटिभ आएको छ । सुदूरपश्चिममा हाल १ सय ६४ जना कोरोना संक्रमित रहेका छन ।