अत्तरिया - कैलालीको गोदावरी नगरपालिका ८ को वडा कार्यालयमा लगाएको तालाबन्दी अझै खुलको छैन् । राहत वितरण र विकास निर्माणका काममा पक्षपात भएको भन्दै गत बुधबार स्थानियले महिलाहरुले लगाएको तालाबन्दी हप्ता दिन भन्दा बढी हुदा पनि खुल्न नसकेको हो ।
वडा अध्यक्षले राहत वितरण देखी विकास निर्माणका कामहरु आफ्ना मान्छेलाई मात्रै दिने गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानियहरुले बताएका छन् । उनीहरुले वडा अध्यक्षले वडाका सबैलाई समान ब्यवहार गर्नुपर्ने भएपनि आफ्ना नजिकका ब्यक्तिहरुलाई मात्रै राहत वितरण गरेको आरोप लगाएका छन् ।
लकडाउनका कारण बिपन्न , दैनिक ज्याला मजदुरी गरी खाने बर्ग मारमा परेपनि हुने खानेहरुले राहत पाएको तर आफुहरुले नपाएको स्थानिय पार्वती बि.कले गुनासो पोखिन् । उनले यस बिषयमा पटक पटक वडा अध्यक्षलाई जानकारी गराउदा पनि कुनै बास्था नै नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताइन् ।
तालाबन्दी गरेको हप्ता दिन पुग्दा पनि जनप्रतिनिधिहरुले यस बिषयमा कुनै छलफल न नगरेको स्थानियहरु बताउँदछन् । उता वडा नं ८ का वडा अध्यक्ष नरेश बहादुर अधिकारीले आफुले वडामा हुने सम्पूर्ण कामहरु सबैसंग सल्लाह अनुसार गरिरहेको बताए । उनले स्थानियहरुले भने जस्तो राहत वितरणमा कसैलाई पनि काखा र पाखा नगरेको बताए ।
उहाँहरुको माग के हो त्यो त प्रष्ट हुनुपञ्र्यो खाली मन लाग्यो तालबन्दी गर्ने , हामीले अहिले सम्म आफ्नो तरिकाले राहत वितरण गरेका छैनौ । उनले वडामा रहेका सम्पर्ण राजनितिक दलका ब्यक्तिहरुलाई समेटेर तयार पारेको समितिले टोलमा गएर पहिलो प्रथमिकतामा पर्नेहरुको नाम संकलन गरेको र सोही आधारमा राहत वितरण गरिएको बताए ।
राहत वितरणमा कोही छुटेको पनि हुन सक्छ तर आएर प्रष्ट भन्नुपञ्र्यो , हामी कतैवाट सहयोग पाएमा अझै पनि वितरण गर्नेछु । उनले तालबन्दी खुलाउने बिषयमा वडाका जनतासंग कुरा गर्न खोज्दा पनि कोही सम्पर्क नआउने गरेको बताएका छन् ।