अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्र रहेका २० जना अति अशक्त एबम् अपाङगता भएका ब्यक्तिहरुलाई राहत वितरण गरिएको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण मारमा परेका दैनिक ज्याला मजदुरी गरी खाने अपाङगताका परिवारलाई राहत वितरण गरिएको हो ।
लुथरन विश्व फेडेरेडन नेपालको सहयोग , दिगो विकास समाज भजनीको ब्यबस्थापन र अपाड एकता समाज कैलालीको सहकार्यमा प्राप्त राहत आज दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारले गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतलाई राहत प्याकेज हस्तान्तरण गरेका थिए ।
स्थानिय तहसंगको समन्वयमा उप प्रमुख कडायतले गोदावरी नगरपालिकाको बिभिन्न वडामा बस्ने २० जनालाई प्रति ब्यक्ति २० किलो चामल , २ किलो दाल , २ किलो नुन , २ लिटर खाने तेल , १ पिस सनेटाइजर , ४ पिस मास्क र ४ पिस साबुन वितरण गरेको राष्ट्रिय अपाङग महासंघका पूर्व केन्द्रिय सदस्य मान बहादुर साउँदले जानकारी दिए । यस्तै सोही क्रममा रमपम कम्पनीवाट प्राप्त ७ पेटी चाउचाउ पनि २० जनालाई नै वितरण गरिएको छ ।
उक्त चाउचाउ गोदावरी एफ एमका प्रबन्ध निर्देशक गोविन्द रोश्याराले कम्पनीसंग समन्वय गर्दै साउँदलाई हस्तान्तरण गरेका थिए । राहत वितरण कार्यक्रममा उप प्रमुख रत्ना कडायत , पूर्व केन्द्रिय सदस्य मान बहादुर साउँद , दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनार , अपाङ महासंघका सुदूरपश्चिम प्रदेश सदस्य अनिल मल्ल , अपाड एकता समाज कैलालीका अध्यक्ष विष्णु देव जोशी , परिलक्षित संस्थाका कैलाली संयोजक पुष्पा रोकाया र समाजसेवी डबल साउँदको उपस्थिती रहेको थियो ।