अत्तरिया – कैलालीमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । जुन सुदूरपश्चिमका नौ ओटै जिल्ला मद्ये सबैभन्दा बढी हो । भारतसंग सीमा जोडिएको कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित भारतबाट आएका रहेका छन । जिल्लाका १३ ओटा स्थानिय तहमद्ये १० ओटा स्थानिय तहहरुमा कोरोना संक्रमण फैलिसकेको छ ।
जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाडोडी नगरपालिका, गौरिगंगा नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्की चुहा नगरपालिका, जानकी गाउँपालीका, मोहन्याल गाउँपालिका र बर्दगोरीया गाउँपालिकामा कोरोना संक्रमण फैलिएको हो ।
जसमा सबैभदा बढी कोरोना संक्रमित गौरिगंगा नगरपालिका २० जना रहेको छन । त्यस्तै धनगढी उपमहानगरपालिकामा ११, टीकापुर नगरपालिकामा ८, लम्कीचुहा नगरपालिकामा २, भजनी नगरपालिकामा १, गोदावरी नगरपालिका १, घोडाघोडी नगरपालिकाका १, जानकी गाउँपालिकामा ९, बर्दगोरीया गाउँपालिकामा १ र मोहन्याल गाउँपालिकाका १ जना रहेका छन ।
जसमद्ये जानकी गाउँपालिकाका ५, धनगढी उपमहानगरपालिका र लम्की चुहा नगरपालिकाका २/२ जना निको भएर घर फर्किसकेका छन । त्यस्तै धनगढीकी उपमहानगरपालिकाकी एक महिलाको मृत्यु भईसकेको छ । कैलालीका चुरे गाउँपालिका, कैलारी गाउँपालिका र जोशिपुर गाउँपालिकामा अहिले सम्म कोरोनाको संक्रमण देखिएको छैन ।
सुदूरपश्चिमका कञ्चनपुरमा ३३, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।